५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलङ्काले वित्तीय तथा आर्थिक सङ्कट व्यवस्थापनका लागि चीनसँग ४ अर्ब डलर सहयोग माग्ने

३२ असार २०७९, शनिबार ०२:४५

असार ३२, एजेन्सी | श्रीलङ्काले वित्तीय तथा आर्थिक सङ्कट व्यवस्थापनका लागि चीनसँग ४ अर्ब डलर सहयोग माग्ने तयारी गरेको छ ।

बेइजिङमा रहेका श्रीलङ्काली राजदूत पलिथा कोहोनाले यो सहयोगका लागि चीनले सहमति जनाउनेमा आफू विश्वस्त भएको बताउनुभएको छ ।

श्रीलङ्काको बाह्य ऋणमध्ये झन्डै १० प्रतिशत वा ५ अर्ब डलर चिनियाँ ऋण नै रहेको छ । आर्थिक सङ्कटकै कारण त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन सकेको छैन । महँगी चुलिएको छ ।

खानेकुरा, औषधि र इन्धनको अभाव कामयै छ । त्यहाँ महिनौदेखि भैरहेको प्रदर्शनका कारण देश छाडेका राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिनुभएको छ । गोटाबायले सिङ्गापुर पुगेर पठाएको राजीनामापत्र हिजो स्वीकृत भएको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा शपथ लिनुभएको छ । अदालतले श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजापाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । हिजो सर्वोच्च अदालतले आउँदो जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता