उत्तरी ग्रीसमा कार्गो विमान दुर्घटनाग्रस्त

Posted on: 17 Jul, 2022

साउन १, एजेन्सी | उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त हुन पुगेको कार्गो विमानले बाङ्ग्लादेशका लागि विस्फोटक पदार्थसहित ११ टन हतियार बोकेको अधिकारीहरूले बताएका छन्।

एन्टोनोभ-१२ खस्न पुगेको क्षेत्रका दुई किलोमिटर वरपरका मानिसहरूलाई घरभित्रै बस्न अनुरोध गरिएको छ।

उक्त विमान सर्बियादेखि जोर्डन गइरहँदा कवाला सहर नजिकै दुर्घटनाग्रस्त भएपछि विमानमा सवार आठै जनाको ज्यान गएको छ ।

"हवाई नापहरूले दुर्घटनास्थलमा केही अस्थिरता देखिएको," सैनिक अधिकारीले सञ्चारकर्मीहरूलाई बताए।

उनले भने, "बाक्लो धुवाँ र उच्च ताप तथा परिचय नखुलेको सेतो पदार्थ त्यहाँ देखिएको छ, त्यसैले सेनाको विशेष फौजले हामीलाई त्यो के हो भन्नुपर्छ र हामी त्यहाँ जान हुन्छ कि हुँदैन भन्नुपर्छ।"

विमान चालकले विमान उडेको केही बेरमै इन्जिनमा समस्या आएका कारण कवाला विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नका लागि अनुमति मागेका थिए तर विमान रनवेमा पुग्नै नपाएको जनाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!