२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरियाणा: अवैध उत्खनन रोक्न गएका डीएसपीको डम्परले किचेर हत्या

२०७९, ४ श्रावण बुधबार ०६:४४

साउन ४, एजेन्सी | भारतको हरियाणास्थित पचगांवमा प्रहरीका एकजना डीएसपीको हत्या भएको छ । बीबीसीका अनुसार सुरेन्द्र सिंह बिश्नोईको डम्परले किचेर हत्या गरिएको हो । यस मामिलामा प्रहरीले एकजनालाई पक्राउसमेत गरेको छ ।अभियुक्तको खुट्टामा गोली लागेको छ ।

सिंहलाई पचगांव नजिक रहेको अरावली पहाडमा अवैध उत्खनन भइरहेको सूचना प्राप्त भएको थियो । सोही सूचनाको आधारमा मंगलबार दिउँसो प्रहरीलाई लिएर छापा मार्न पुगेका थिए । त्यहाँ पुगेर उनले एउटा सन्दिग्ध डम्परलाई रोकेर आवश्यक कागजपत्र माग गरेका थिए । तर, डम्परका चालकले गाडी उनीमाथि चढाएका थिए । उनको घटनास्थलमा नै मृत्यु भयो ।

मुख्यमन्त्री लाल खट्टरले सिंहलाई शहीदको दर्जा दिइने बताएका छन् । त्यस्तै, मृतकको परिवारलाई १ करोड भारुको आर्थिक सहायता र परिवारको एक सदस्यलाई सरकारी जागिर दिने पनि उनले घोषणा गरेका छन् । हरियाणा प्रहरीले ट्वीट गर्दै भनेको छ, ‘आफ्नो जिम्मेवारी निर्वाह गर्दैगर्दा डीएसपी सुरेन्द्र सिंहले आफ्नो ज्यान गुमाएका छन् । हरियाणा प्रहरीको समवेदना पीडित परिवारको साथमा छ । दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी राखिनेछैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन