आदिवासी समुदायबाट पहिलो महिला द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

Posted on: 21 Jul, 2022

साउन ५, एजेन्सी | भारतको आदिवासी समुदायबाट पहिलो महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!