तालिबान क्रुरताको पराकाष्ठाः गोली हानी युवकको हत्या, सार्वजनिक रूपमा शव प्रदर्शन

Posted on: 23 Jul, 2022

साउन ७, काबुल | तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन् । 

तालिबानले कासा तरास क्षेत्रको अन्दारबका एकजना बासिन्दालाई गत बुधबार घरबाहिर निस्कन बाध्य पारेको र त्यसपछि उनको हत्या गरेर शव सार्वजनिक प्रदर्शनमा राखेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

तालिबानको स्वेच्छाचारी हत्या बढिरहेको तथा बितेका दश महिनामा कैयौँ पूर्व सुरक्षा बल र कर्मचारीलाई मारिएका छन् । 

अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेको दश महिनामा मानवअधिकारको अवस्थामा सुधार हुनसकेको छैन । डर, दण्डहीनता, शक्तिको स्वेच्छाचारी बल प्रयोगको वातावरणको अन्त्य, उजुरी दर्ता गर्न र शक्ति दुरुपयोगको दस्तावेजीकरण गर्न अति कठिन एवम् जोखिमपूर्ण भएको राष्ट्रसंघीय मिसनले बताएको छ । परवान, कपिसा, बाघलान, थिथर, कान्दाहार, सारीपुल, नाङ्गरहार र समङ्गनमा यातना, दुर्व्यवहार, गैरकानुनी हत्या, स्वेच्छाचारी गिरफ्तारी, नजरबन्द र जबरजस्ती विस्थापन भइरहेका बताइएको छ । 

अफगानिस्तानको अन्तर्राष्ट्रिय दायित्व अनुरूप मानवअधिकार उल्लङ्घनलाई रोक्न र जवाफदेहिता सुनिश्चित गर्न राष्ट्रसंघीय सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय फौजदारी अदालतले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रसंघीय मिसनले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!