सलमान खानले आत्मरक्षाका लागि राज्यसँग मागे हतियार राख्ने आनुमति

Posted on: 23 Jul, 2022

साउन ७, मुम्बई | आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासन समक्ष आवेदन गरेका छन् ।  गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै आत्म–सुरक्षाको लागि हतियार लाइसेन्सका लागि उनले आवेदन गरेका मुम्बई पुलिसले जनाएको छ ।

अभिनेता खानले मुम्बईका प्रहरी प्रमुख विवेक फान्सालकरलाई भेटेर आफू र आफ्ना बुबालाई आएको मार्ने धम्कीपत्रबारे छलफल गरेका थिए । भेटकै क्रममा उनले आत्म सुरक्षाको लागि हतियार लाइसेन्सको लागि आवेदन दिएका हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!