५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरिया आणविक युद्ध निरोधक परिचालन गर्न तयार

१२ श्रावण २०७९, बिहीबार ११:२८

साउन १२, प्योङयाङ | उत्तर कोरियाले आफ्नो आणविक युद्ध निरोधक परिचालन गर्न तयार रहेको नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी गरिरहेको आशंका बढिरहेका बेला यस्तो टिप्पणी आएको हो ।

प्योङयाङले कुनै पनि बेला यस्तो परीक्षण गर्न सक्ने अमेरिकाले गत साता सचेत गरेको थियो । 

उत्तर कोरियाले सन् २०१७ मा पछिल्लो पटक आणविक परीक्षण गरेको थियो । उत्तरका आणविक गतिविधिलाई लिएर कोरियाली प्रायद्धीपमा तनाव बढिरहेको छ । 

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले उत्तर कोरियाले यस वर्ष अभूतपूर्व संख्यामा क्षेप्यास्त्र परीक्षण गरेको बताएका छन् । यस वर्ष उसले ३१ ओटा परीक्षण गरिसकेको छ । 

यो उत्तरको अहिलेसम्मकै धेरै परीक्षण हो । सन् २०१९ मा प्योङयाङले २५ ओटा परीक्षण गरेको थियो । उत्तरका बढ्दो आणविक गतिविधिलाई जवाफ दिन जुनमा दक्षिण कोरियाले ८ ओटा मिसाइल प्रहार गरेको थियो । 

सन् १९५० देखि सन् १९५३ सम्म भएको कोरियाली युद्ध युद्धविराममा टुंगिए पनि उत्तर कोरियाले यसलाई अमेरिका विरुद्धको जित भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता