५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरसबाट मृत्यु

१४ श्रावण २०७९, शनिबार ०८:२६

साउन १४, एजेन्सी | अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।  कारण ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ। संक्रमणबाट ब्रजिलका एक ४१ वर्षीय पुरूषको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म १,०६६ जनामा मंकीपक्स पुष्टि भएको छ ।

त्यस्तै स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ । मंकीपक्सबाट मृत्यु भएको युरोपमै पहिलो घटना हो । भाइरसबाट स्पेन सबैभन्दा संक्रमित देशमध्ये एक हो । अहिलेसम्म ४ हजार २९८ जनामा मंकीपक्स देखिएको छ । तीमध्ये १३० जना अस्पताल भर्ना भएका छन् ।

एक साताअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । 

उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। विज्ञहरुका अनुसार यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ। सङ्क्रमण भएपछि ठेउलाको जस्तो फोका  देखिन्छ। सङ्क्रमित व्यक्तिको  सम्पर्कमा आउने अन्यमा पनि यो भाइरस सर्न सक्छ।

ज्वरो आउने, टाउको दुख्ने,  ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या यो रोगका लक्षण हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता