५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा बाढीले ५० गाउँ डुबानमा

१५ श्रावण २०७९, आईतवार ०८:०३

साउन १५, इस्लामबाद | पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण थप ३० भन्दा बढी गाउँ डुबानमा परेका छन् । बलुचिस्तानबाट अचानक आएको बाढी सिन्ध प्रान्तमा प्रवेश गरेपछि पछि पहाडी ३० भन्दा बढी गाउँ डुबानमा परेका हुन् । यसअघि सो क्षेत्रमा २० गाउँ डुबानमा परेका थिए । 

एआरवाई न्युजका अनुसार प्रभावित क्षेत्रका जनता आफ्नो ज्यान जोगाउन पहाड र सुरक्षा घाटमा शरण लिन बाध्य भएको स्थानीय स्रोतले जनाएको छ |

बाढी प्रभावित गाउँकी ७० वर्षकी एक वृद्धाको ज्यान गएको छ । विशेष गरी बलुचिस्तानमा यस वर्षको मनसुन मौसममा अप्रत्याशित रूपमा भारी वर्षा परेको छ । 

अबिरल वर्ष र बाढीले अहिलेसम्म  बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा १९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ७ बालबालिका र एक जना महिला छन् । 

खैबर पख्तुनख्वा प्रान्तमा १० जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

प्रभावित क्षेत्रमा उद्दारकर्ता परिचालन गरिएको जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता