५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंकामा सर्वदलीय सरकारका लागि विक्रमासिंघले सुरु गरे विपक्षीसँग वार्ता

१५ श्रावण २०७९, आईतवार १०:०९

साउन १५, कोलम्बो | श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आफ्नो नेतृत्वमा रहेको सर्वदलीय सरकारमा सामेल हुनका लागि विपक्षी दलहरूसँग वार्ता सुरु गरेका छन् । आफ्नो प्रशासनमा विश्वास स्थापित गर्न र टाट पल्टिएको देशलाई खराब आर्थिक सङ्कटबाट जोगाउन उनले पछिल्लो कदम चालेका हुन् ।

वार्ता एक साता सम्पन्न हुने स्रोतलाई उदृत गर्दै डेली मिररले जनाएको छ । विक्रमासिंघेले बिहीबार पूर्वराष्ट्रपति मियाथ्रिपाला सिरिसेनाको श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)सँग वार्ता गरेका छन् । तर, प्रमुख प्रतिपक्षी दल समगी जन बालवेगय (एसजेबी) पार्टी सरकारमा सहभागी नहुने अखबारले जनाएको छ ।

यसको सट्टा यसका केही सांसदहरू व्यक्तिगत रूपमा सत्तापक्षसँग सामेल हुने विचार गरिरहेका जनाइएको छ । यसैबीच, सांसद विमल विरावान्साको नेतृत्वमा राष्ट्रिय स्वतन्त्रता मोर्चा (एनएफएफ)ले विक्रमासिंघेलाई समर्थन गर्ने वाचा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता