खाद्यान्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट छुट्यो

Posted on: 01 Aug, 2022

साउन १६, ओडेसा | रुससँगको एतिहासिक सम्झौताअन्तर्गत युक्रेनको खाद्यान्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट छुटेको छ ।  उक्त जहाज सोमबार बिहानै ओडेसाको दक्षिणी बन्दरगाहबाट छुटेको टर्कियो र युक्रेनी अधिकारीहरूले बताएका छन् । 

रुसले युक्रेनी बन्दरगाहलाई फेब्रुवरीदेखि अवरोध गरिरहेको छ । तर, ढुवानी पुनः सञ्चालन गर्न दुबै पक्ष मञ्जुर भएका छन् । 

सम्झौताले विश्वव्यापी खाद्यान्न संकट सहज हुने र खाद्यान्नको मूल्य घट्ने अनुमान गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!