जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपति

Posted on: 07 Aug, 2022

साउन २२, नयाँ दिल्ली | एजेन्सी | भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार धनखर विजयी भएका हुन् । उनले विपक्षी दलकी उम्मेदवार मार्गरेट अल्भालाई पराजित गरेका हुन् । 


बीजेपी नेतृत्वको एनडीए उम्मेद्वार धनखरले ५२८ मत प्राप्त गरेका थिए भने अल्भाले केबल १८२ मत प्राप्त गरिन् । उनले सन् १९७७ यता भएका उपराष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै ठूलो मतान्तरले विजयी भएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डाले उनलाई बधाइ तथा शुभकामना दिएका छन् । धनखर बंगालका पूर्वराज्यपाल समेत हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!