११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेन युद्धः रुसी नियन्त्रणमा रहेको जापोरीजा ऊर्जा केन्द्रबाट परमाणु विपद् फैलिन सक्ने चेतावनी

२२ श्रावण २०७९, आईतवार ०७:४६

साउन २२, काठमाडौँ | संयुक्त राष्ट्रसङ्घको परमाणु निगरानी निकाय आईएईएका प्रमुखले युक्रेनमा रहेको जापोरीजा ऊर्जा केन्द्रबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्‌बारे आफ्नो चिन्ता बढ्दै गएको बताएका छन्।


रफाएल मारिआनो ग्रोसीले त्यहाँबाट भइरहेको सैन्य कारबाहीले युक्रेन र अन्यत्रको जनस्वास्थ्य एवं पर्यावरणमा दुष्प्रभाव पर्ने चेतावनी दिएका छन्।

रुसले गत मार्च महिनामा युरोपको सबैभन्दा ठूलो उक्त परमाणु केन्द्र आफ्नो नियन्त्रणमा लिएको थियो।

यसअघि त्यसका सञ्चालकहरूले रुसी आक्रमणहरूमा परेर उक्त केन्द्रमा क्षति पुगेको र एउटा रीयाक्टर बन्द गरिएको बताएका थिए।

आफ्नो रात्रिकालीन सम्बोधनका क्रममा युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले जापोरीजा परमाणु ऊर्जा केन्द्रलाई "त्रास फैलाउन" प्रयोग गरिरहेको आरोप लगाए।

आईएईए प्रमुखले अरू के भने?

आईएईए प्रमुख ग्रोसीले आफू युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रबाट गोलाबारी भइरहेको विवरणका कारण चिन्तित भएको बताए।

रुसले उक्त केन्द्रमा भएका युक्रेनी कामदारलाई पनि आफूसँगै राखेको छ।

किएभले रुसी सेनाले उक्त क्षेत्रबाट गैरसैनिक क्षेत्रमा "आतङ्क सिर्जना गर्ने रणनीति" प्रयोग गर्दै रकेटहरू प्रहार गरेको आरोप लगाएको छ।

शुक्रवार भएको आक्रमणले युक्रेन र अन्यत्र पनि जनस्वास्थ्य र पर्यावरणमा जोखिम पुग्ने पारमाणविक विपत्तिको वास्तविक जोखिम उजागर गरेको एउटा विज्ञप्तिमार्फत् आईएईएका प्रमुखले बताएका छन्।

"उक्त केन्द्रबाट हुने वा उक्त केन्द्रलाई लक्षित गर्नेगरी हुने कुनै पनि किसिमको गोलाबारी आगोसँग खेल्नु जस्तै हो जसको सम्भावित परिणाम विनाशकारी हुन सक्छ।"

उनले युक्रेनी कर्मचारीहरूलाई "कुनै धम्की वा दबावबिना" आफ्नो महत्त्वपूर्ण उत्तरदायित्व वहन गर्न दिइनुपर्ने बताए। त्यसबाहेक आईएईएलाई प्राविधिक सहयोग उपलब्ध गराउन दिइनुपर्ने उनको भनाइ छ।

उक्त परमाणु केन्द्रमा जोखिम किन छ?

जापोरीजा प्लान्टको सञ्चालक संस्थानले रुसी क्षेप्यास्त्र आक्रमणले एउटा "पावर यूनिट" बन्द गर्न बाध्य पारेको भन्दै रेडिओधर्मी चुहावटको जोखिम रहेको बताएको थियो।

टेलिग्राममा लेखिएको सन्देशमा सञ्चालक एनेर्होआटोमले ती आक्रमणहरूका कारण उक्त केन्द्रको सुरक्षित सञ्चालनमा गम्भीर जोखिम उत्पन्न गराएको बताएको थियो।

यद्यपि मस्कोले युक्रेनले नै ती आक्रमणहरू गराएको प्रत्यारोप लगाएको छ।

बीबीसीले उक्त परमाणु केन्द्रमा क्षति भएका भन्ने विवरणहरू पुष्टि गर्न सकेको छैन।

तर युरोपेली सङ्घले पछिल्लो घटनाको कडा शब्दमा आलोचना गरेको छ।

वरिष्ठ कूटनीतिज्ञ जोसेफ बोरेलले ईयूले उक्त केन्द्र वरपरको रुसी सैन्य गतिविधिलाई निन्दा गर्ने बताए।

"यो परमाणुसुरक्षासम्बन्धी नियमहरूको गैरजिम्मेवार र गम्भीर उल्लङ्घन हो। साथै अन्तर्राष्ट्रिय मान्यतालाई रुसले बेवास्ता गरिरहेको अर्को उदाहरण पनि हो।"

उनले आईएईएलाई उक्त केन्द्रसम्म पहुँच दिइनुपर्ने पनि बताए।

रुसी सेनाले उक्त केन्द्र र युक्रेनको नियन्त्रणमा रहेका ठाउँनजिकका क्षेत्रमा आफ्नो नियन्त्रण कायम राखेको छ।

उक्त केन्द्रमा छवटा प्रेशराइज्ड वाटर रीयाक्टरहरू छन् र त्यहाँ रेडिओधर्मी फोहोर भण्डारण गरिन्छ।

अझै युक्रेनी नियन्त्रणमा रहेको नजिकैको निकोपोलका सर्वसाधारण मानिसहरूले रुसी सेनाले उक्त केन्द्र वरपरबाट रकेट प्रहार गरिरहेको र उक्त परिसरभित्र सैन्य उपकरणहरू लगिरहेको बताएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रवार उक्त केन्द्रमा हुने जस्तोसुकै आक्रमण "लाजमर्दो अपराध, आतङ्कको काम" भएको बताएका थिए।

यूकेको रक्षा मन्त्रालयले रुसले परमाणु केन्द्रको "सुरक्षित हैसियत" बाट फाइदा लिन त्यसलाई बाहिर आक्रमण गर्ने ठाउँ बनाएको बताएको छ। त्यहाँबाट आक्रमण गर्दा युक्रेनी सेनाले राति प्रत्याक्रमण गर्ने जोखिम कम हुने रुसले ठानेको हुन सक्ने यूकेको भनाइ छ। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा आज मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? लाइन विस्तारका लागि काठमाडौंको यी स्थानमा आज बिजुली कटौती हुने रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना