भारतमा मन्दिरमा भागदौड मच्चिँदा तीन जनाको ज्यान गयो

Posted on: 08 Aug, 2022

साउन २३, काठमाडौँ | भारतको राजस्थानमा मन्दिरमा भागदौड मच्चिँदा तीन जना भक्तजनको ज्यान गएको छ ।

सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा भागदौड मच्चिँदा तीन जना महिला भक्तजनको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । दुई जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

मन्दिरमा भक्तजनको भिडका कारण भागदौड मच्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहान मन्दिरको द्वार खुल्ने बित्तिकै भागदौड मच्चिएको त्यहाँको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!