२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनले ताइवानको तट नजिकै ठूलो सैन्य अभ्यास रोकेन, बतायो यस्तो कारण

२०७९, २३ श्रावण सोमबार ०८:२९

साउन २३, काठमाडौँ | एजेन्सी | चीनले ताइवानको तटमा आफ्नो सैन्य अभ्यास जारी राख्ने बताएको छ । चीनको यो सैन्य अभ्यास आइतबार सकिने बताइएको थियो । अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले यो अभ्यास सुरु गरेको थियो ।

China announces military exercises in areas near Taiwan in South and East  China seas | The Japan Times

चिनियाँ सेनाको पूर्वी कमाण्डले आफूहरूले पनडुब्बी विरोधी आक्रमणको अभ्यास गरिरहेको बताएको छ । अर्कोतर्फ ताइवानको विदेश मन्त्रालयले चीनलाई सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । ताइवानले यसलाई अनुचित व्यवहार बताउँदै यसो गर्दा क्षेत्र खतरामा पर्ने बताएको छ ।

चीनले ताइवानलाई आफ्नो विद्रोही राष्ट्र मान्छ । एक चीन नीति अन्तर्गत चीन कुनै पनि देशले ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा व्यवहार गरेको चाहँदैन ।

गत हप्ता अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको चीनले कडा विरोध गरेको छ । चीनले यो भ्रमणलाई ‘एक चीन नीति’ विरुद्ध ठानेको छ ।

पछिल्लो २५ वर्षमा अमेरिकाको कुनै ठूलो नेता ताइवान पुगेको यो पहिलो पटक हो ।

चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘धेरै खतरनाक’ भनेको छ ।

चीनका उपविदेशमन्त्री शि फेङले यसलाई दुर्भावनापूर्ण भनेका छन् र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले चीनले हात बाँधेर नबस्ने पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन