गाजा–इजरायल हिंसामा ५१ जनाको मृत्यु

Posted on: 09 Aug, 2022

साउन २४, गाजा सिटी | एजेन्सी | इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लोे लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएको जनाएको छ । मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् ।

सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् । अतिवादीसमूहसँग सलग्न नरहेका ११ जनाको पनि मृत्यु भएको प्राप्त विवरणमा जनाइएको छ ।

इजरायल र गाजाका विद्रोही लडाकु समूहबीचमा युद्धविराम गर्ने सहमति भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वागत गरेका छन् ।  

गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको महासचिव गुटेरेसले बताएका छन् । यसैबीच, अफ्रिकन युनियनले इजरायल र गाजामा भएका हिंसात्मक हमलाको निन्दा गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!