५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीको पत्नीलाई ३.७९ मिलियन युआन क्षतिपूर्ति दिन अदालतको आदेश !

२४ श्रावण २०७९, मंगलवार १२:३३

साउन २४, बेइजिङ | चीनको एक अदालतले एक युवतीलाई आफ्नो प्रेमीको पत्नीलाई ३ दशमलब ७९ मिलियन युयान क्षतिपूर्ति दिन फैसला गरेको छ । उनीहरूको सम्बन्धलाई कानुनले मान्यता नदिएको भन्दै अदालतले यस्तो फैसला गरेको हो । अदालतले महिलाको पक्ष फैसला गर्दै  प्रेमीकी श्रीमतीलाई ३.७९ मिलियन युआन तिर्न आदेश दिएको हो ।

उत्तरपूर्वी चीनको लिओनिङस्थित झुआङ्घेको जनअदालतले जारी गरेको कागजातअनुसार वादी ली उपनामकी महिला र उनका पति वाङले सन् १९९१ मा विवाह गरेका थिए । सन् २००८ मा वाङले सिआओक्सिया नाम गरेकी अर्को महिलासँग विवाहइतर सम्बन्ध सुरु गरेका थिए ।

केही वर्षअघि लीले आफ्ना पतिको अफेयरबारे थाहा पाएकी थिइन् । पतिले उनलाई नियमित पैसा पठाउने गरेको उनले पत्ता लगाएकी थिइन् । वाङले ती महिलासँग आफ्नो सम्बन्ध भएको र उनको तर्फबाट १० वर्षका एक । सन् २०१३ देखि २०२० को अवधिमा वाङले प्रेमिकालाई १ दशमलब ४७ मिलियन युयान रकम, १ दशमलब ४५ मिलियन मूल्यका दुई ओटा अपार्टमेन्ट र   एउटा महंगो कार दिएको खुलासा भएको थियो । 

सियाओक्सियाले वाङ विवाहित थिए भनेर आफूलाई कहिल्यै पत्तो नभएर उनले वर्षौंदेखि वाङबाट प्राप्त गरेको पैसा बालकको सहयोगका लागि प्रयोग गरिएको तर्क गरेकी थिइन् । तर, अदालतले यो मुद्दा सम्पत्तिको स्वामित्वको बारेमा भएको भन्दै प्रेमीको पत्नीको पक्षमा वकालत गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता