रुस्दीमाथि हमलाः२० सेकेन्डमा १५ पटकसम्म छुरा प्रहार

Posted on: 13 Aug, 2022

साउन २८, न्युयोर्क | एजेन्सी | शुक्रबार साँझ अमेरिकाको न्युयोर्क राज्यमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि गर्धनमा १० देखि १५ पटक छुरा प्रहार भएको जनाइएको छ । उनलाई २० सेकेन्डमा १० देखि १५ पटक छुरा प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । 


शहरबाट करिब १०० किलोमिटर टाढा चौताउवा इन्स्टिच्युसनमा आयोजित कार्यक्रमको मञ्चमा एक आक्रमणकारी पुगेर उनलाई छुरा प्रहार गरेको कार्यक्रमका दर्शकसमेत रहेका रब्बी चाल्र्स सेभेनोरले बताए । 

२० सेकेन्डभित्र १० देखि १५ पटक छुरा प्रहार भएको उनले बताए । आक्रमणपछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । रुस्दीको अवस्था गम्भीर रहेको न्युयोर्क राज्यकी गभर्नर क्याथी होचुलले बताइन् । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए । 

उनको कृति ’द सैटानिक भर्सेस’ विवादमा छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!