साउन ३१, काठमाडौँ | इन्डो-तिब्बत सीमा प्रहरी बल (आईटीबीपी) को बस मंगलबार बिहान ११ बजे कश्मीरको पहलगाममा दुर्घटना भएको छ। दुर्घटना भएर बस १०० फिट गहिरो खाडलमा खसेको थियो । दुर्घटनामा ६ सैनिकको मृत्यु भएको छ।
बसमा ३९ आईटीबीपी र २ जम्मू कश्मीरका पुलिस थिए। बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । सबै जवान अमरनाथ यात्राबाट ड्युटी गरेर फर्किरहेका थिए।
जवानहरू अमरनाथ यात्राको सुरुवात बिन्दु चन्दनवाडीबाट पहलगाम आउँदै थिए। बीचमा चालकले नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो । घाइतेको उद्धार कार्य सुरु गरिएको छ।
अनन्तनागका डिप्टी कमिश्नरका अनुसार घाइते जवानहरूको अनन्तनागको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ।
घटनास्थलतर्फ १९ वटा एम्बुलेन्स पठाइएको छ । अहिले तत्काल उद्धार कार्य चलाउन आफ्नो ध्यान केन्द्रित भएको उनले बताए। दैनिक भास्कर