'जापोरिज्जिया आणविक प्लान्टमा भएको विपत्ति युरोपकै लागि धम्की'

Posted on: 16 Aug, 2022

साउन ३१, किभ |  एजेन्सी | युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणी युक्रेनमा रुसी नियन्त्रित जापोरिज्जिया आणविक प्लान्टमा भएको विपत्तिले सम्पूर्ण युरोपलाई धम्की दिएको टिप्पणी गरेका छन् ।


‘प्लान्टको आवरणअन्तर्गत अतिक्रमणकारीले नजिकैका शहर र समुदायमा गोलाबारी गरिरहेका छन्’, जेलेन्स्कीले आफ्नो नियमित सम्बोधनमा भने । ‘जापोरिज्जियामा कुनै पनि विकिरण घटनाले युरोपेली संघ, टर्की, जर्जिया र धेरै टाढाका क्षेत्रहरूका देशहरूलाई असर गर्न सक्छ ।’

उनले अगाडि भने, ‘रुसको कार्यले विपत्ति निम्त्यायो भने त्यसको नतिजा अहिलेसम्म मौन रहनेहरूलाई पनि पर्न सक्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!