५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनले ल्याए १० बच्चा जन्माउने रुसी आमालाई पुरस्कार र सम्मान दिने कानुन

३ भाद्र २०७९, शुक्रबार ०५:३५

एजेन्सी | रुसको घट्दो जन्म दर र जनसंख्याका कारण त्यहाँका नीति निर्माताहरु चिन्तित छन् । यो समस्या समाधानका लागि देशका राष्ट्रपति भ्लादिमिर पुटिनले महिलाहरुलाई १० जनासम्म सन्तान प्रोत्साहित गर्ने अध्यादेश ल्याएका छन् ।  


अध्यादेश अनुसार १० सन्तान जन्माउने महिलालाई ‘मदर हिरोइन’ को अवार्डले सुशोभित गरिनेछ । यो पुरस्कार दोस्रो विश्वयुद्धको पुछारतिर सन् १९४४ मा स्टालिनले स्थापना गरेका थिए । दोस्रो विश्वयुद्धमा रुसका झण्डै अढाई करोड मानिस मारिएको स्थितिमा यस्तो पुरस्कार स्थापना गरेर धेरै बच्चा जन्माउन प्रोत्साहित गरिएको थियो । 

सन् १९९१ मा सोभियत संघ विघटन भएपछि रुसले यो अवार्ड दिन बन्द गरेको थियो । राष्ट्रपति पुटिनले पुनः यस अवार्ड सुरु गरेका छन् ।

कति रकम पाउनेछन् आमाले सहयोगमा ?

पुटिनले अगस्ट १५ मा जारी गरेको अध्यादेश अनुसार दशौं बच्चा एक वर्ष पुगेपछि तिनको आमालाई १० लाख रुबल (झण्डै १६००० अमेरिकी डलर) दिइनेछ ।  

रकम सिधै आमाको खातामा हालिने व्यवस्था गरिएको पुटिनले बताए । एक वर्षको हुनुअघि नै बच्चा कुनै कारणले बित्यो भने पनि आमाले रकम पाउने बताइएको छ ।  दशकौंदेखि रुसको जन्मदर घट्दै गएकोमा तीन वर्षदेखि लगातार जनसङ्ख्या वृद्धि दर ऋणात्मक देखिएको छ । सन् २०१८ मा रुसको जनसंख्या १४ करोड ५७ लाख रहेकोमा यो घटेर यो वर्ष १४ करोड ४७ लाख पुगेको छ । 

जबकि सोभियत संघ विघटन हुँदा रुसको जनसंख्या १४ करोड ८३ लाख थियो ।  पुटिनका कदमप्रति केहीले प्रश्न उठाएका छन् । जस्तो रुसी राजनीति तथा सुरक्षा विशेषज्ञ डा.जेनी माथर्सले १६ हजार अमेरिकी डलरको एक पटकको भुक्तानीले कसरी १० बच्चालाई हुर्काउने भन्ने प्रश्न गरेकी छन् ।

डा.माथर्सले ठूलो संख्या बालबच्चा पाएपछि तिनको बसोबास, खानपिन तथा अन्य खर्चको प्रावधानबारे बेवास्ता गरेर हावादारी निर्णय गरेको बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता