२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंकाका पूर्व राष्ट्रपतिले ग्रिन कार्डका लागि आवेदन दिए, श्रीमती पहिल्यै अमेरिकी नागरिक

२०७९, ३ भाद्र शुक्रबार ११:४१

भदौ ३, काठमाडौं | एजेन्सी | श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले अमेरिकामा बस्नका लागि ग्रीन कार्डका लागि निवेदन दिएका छन् । गत महिना श्रीलंकामा जनताले उनको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शन गरेका थिए जसका कारण उनी देश छोडेर भागेका थिए । मिडिया रिपोर्टका अनुसार उनकी श्रीमती र छोरा अमेरिकामा सेटल भइसकेका छन् ।

Rajapaksa elected Sri Lankan president | The Wimmera Mail-Times | Horsham,  VIC

श्रीमती पहिलेदेखि नै अमेरिकी नागरिक

श्रीलंकाको पत्रिका डेली मिररले स्रोतलाई उद्धृत गर्दै अमेरिकामा रहेका राजापाक्षेका वकिलहरूले गत महिना मात्रै उनलाई ग्रीन कार्ड दिने प्रक्रिया सुरु गरेको दाबी गरेको छ । उनकी श्रीमती लोमा राजपाक्षे पहिले नै अमेरिकी नागरिक भइसकेकाले उनले ग्रीन कार्डका लागि आवेदन दिन सक्नेछन् । गोटाबायासँग अमेरिकी नागरिकता पनि थियो, तर २०१९ मा श्रीलंकाको राष्ट्रपति चुनावमा भाग लिन उनले अमेरिकी नागरिकता त्यागे ।

श्रीलंकाबाट भागेर गोटाबाया थाइल्याण्ड पुगेका छन्

राजापाक्षे हाल आफ्नी श्रीमतीसँग बैंककको एक होटलमा छन् । यसअघि उनी नोभेम्बरसम्म थाइल्याण्डमा बस्ने भनिएपनि अहिले उनले आफ्नो योजना रद्द गरेका छन् । उनी अगस्ट २४ मा श्रीलंका फर्कने कार्यक्रम छ । सुरक्षा कारणले गर्दा उनीहरूलाई थाइल्याण्डमा स्वतन्त्र रूपमा बस्न दिइँदैन । यहाँ प्रहरीले उनीहरुलाई होटलबाट बाहिर ननिस्कन सल्लाह दिएको छ ।

श्रीलंकाली सेनाबाट समयपूर्व अवकाश लिएपछि राजापाक्षे सूचना प्रविधिको क्षेत्रमा लागेका थिए । यसपछि सन् १९९८ मा उनी अमेरिकामा बसे । उनी सन् २००५ मा श्रीलंका फर्किए । गोटाबाया श्रीलंका फर्किएपछि पूर्वराष्ट्रपतिका हैसियतले उनलाई घर दिने र सरकारबाट सुरक्षा दिने विषयमा मन्त्रिपरिषद्ले छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन