५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंकाका पूर्व राष्ट्रपतिले ग्रिन कार्डका लागि आवेदन दिए, श्रीमती पहिल्यै अमेरिकी नागरिक

३ भाद्र २०७९, शुक्रबार ११:४१

भदौ ३, काठमाडौं | एजेन्सी | श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले अमेरिकामा बस्नका लागि ग्रीन कार्डका लागि निवेदन दिएका छन् । गत महिना श्रीलंकामा जनताले उनको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शन गरेका थिए जसका कारण उनी देश छोडेर भागेका थिए । मिडिया रिपोर्टका अनुसार उनकी श्रीमती र छोरा अमेरिकामा सेटल भइसकेका छन् ।

Rajapaksa elected Sri Lankan president | The Wimmera Mail-Times | Horsham,  VIC

श्रीमती पहिलेदेखि नै अमेरिकी नागरिक

श्रीलंकाको पत्रिका डेली मिररले स्रोतलाई उद्धृत गर्दै अमेरिकामा रहेका राजापाक्षेका वकिलहरूले गत महिना मात्रै उनलाई ग्रीन कार्ड दिने प्रक्रिया सुरु गरेको दाबी गरेको छ । उनकी श्रीमती लोमा राजपाक्षे पहिले नै अमेरिकी नागरिक भइसकेकाले उनले ग्रीन कार्डका लागि आवेदन दिन सक्नेछन् । गोटाबायासँग अमेरिकी नागरिकता पनि थियो, तर २०१९ मा श्रीलंकाको राष्ट्रपति चुनावमा भाग लिन उनले अमेरिकी नागरिकता त्यागे ।

श्रीलंकाबाट भागेर गोटाबाया थाइल्याण्ड पुगेका छन्

राजापाक्षे हाल आफ्नी श्रीमतीसँग बैंककको एक होटलमा छन् । यसअघि उनी नोभेम्बरसम्म थाइल्याण्डमा बस्ने भनिएपनि अहिले उनले आफ्नो योजना रद्द गरेका छन् । उनी अगस्ट २४ मा श्रीलंका फर्कने कार्यक्रम छ । सुरक्षा कारणले गर्दा उनीहरूलाई थाइल्याण्डमा स्वतन्त्र रूपमा बस्न दिइँदैन । यहाँ प्रहरीले उनीहरुलाई होटलबाट बाहिर ननिस्कन सल्लाह दिएको छ ।

श्रीलंकाली सेनाबाट समयपूर्व अवकाश लिएपछि राजापाक्षे सूचना प्रविधिको क्षेत्रमा लागेका थिए । यसपछि सन् १९९८ मा उनी अमेरिकामा बसे । उनी सन् २००५ मा श्रीलंका फर्किए । गोटाबाया श्रीलंका फर्किएपछि पूर्वराष्ट्रपतिका हैसियतले उनलाई घर दिने र सरकारबाट सुरक्षा दिने विषयमा मन्त्रिपरिषद्ले छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता