६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाइलट निदाएर विमान अवतरण नगरेपछि…

४ भाद्र २०७९, शनिबार ०५:४८

एजेन्सी | बस लगायतका सवारी साधनमा चालक निदाएर सवारी दुर्घटना हुँदै आएको हामीले सुनिरहेका छौ। 

तर अफ्रिकन देश इथियोपियामा एक विमानका दुबै पाइलटनै निदाएपछि विमान निर्धारित विमानस्थलमा अवतरण हुन सकेन।

सुडानको खार्तूमबाट सोमबार इथियोपियाको राजधानी आदिस अबाबाका लागि उडेको जहाजका दुवै पाइलट अवतरण गर्नुअघि नै गहिरो निद्रामा परेका थिए। जसका कारण बोइङ ७३७ विमान अदिस अबाबा एयरपोर्टमा अवतरण हुन सकेन। 


व्यावसायिक उड्डयन समाचार साइट एभिएसन हेराल्डका अनुसार अवतरण गर्ने समयमा विमान ३७ हजार फिटको उचाइमा उडिरहेको थियो। त्यतिबेला विमानले अवतरणका लागि कुनै पनि प्रयास नै गरेन। 

अवतरण गर्ने बेला भइसक्दा पनि विमानले उचाई नघटाएपछि एयर ट्राफिक कन्ट्रोलले पाइलटहरूलाई पटक पटक सन्देश पठाए। तर पनि उनीहरू कुनै जवाफ दिएनन्। किनकि, दुवै पाइलट सुतिरहेका थिए। एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले पाइलटहरूसँग सम्पर्क गर्न धेरै पटक प्रयास गरे। तर सफल भएनन्। यस्तो अवस्थामा विमानले विमानस्थलको धावनमार्ग पार गर्ने बित्तिकै उनीहरुको अटोपाइलटको सम्पर्क विच्छेद भएको थियो। यसले क्याबिनमा अलार्म बज्यो, जस कारण पाइलटहरू निन्द्राबाट ब्यूझिए। यसपछि विमानलाई हतार हतारमा अवतरण गरिएको थियो।

दुवै पाइलट निन्द्राबाट ब्युझिएपछि पनि पाइलटलाई विमान अवतरण गर्नका लागि २५ मिनेट समय लगाएको एभिएसन हेराल्डले जनाएको छ। यस क्रममा विमानले विमानस्थलको धेरै चक्कर लगाको थियो। अन्तत: विमान सकुशल अवतरण भयो। 

उड्डयन निगरानी प्रणाली एडीएस- बी बाट प्राप्त डाटाले घटना भएको र विमान धावनमार्गमा उडेको पुष्टि गरेको छ। विमानको उडान मार्गको तस्बिर पनि पोस्ट गरिएको छ, जसमा विमानले आदिस अबाबा एयरपोर्ट नजिकै लूप काटिरहेको देखाएको छ।

यसैबीच इथियोपियन एयरलाइन्सले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान भइरहेको बताएको छ। उसले इथियोपियाको उडान नम्बर इटी ३४३ खार्तूमबाट आदिस अबाबा जाने जहाजले अगष्ट १५, २०२२ मा आदिस अबाबा एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क अस्थायी रूपमा टुटेकोबारे जानकारी भएको भन्दै अनुसन्धान सुरू गरिएको बताएको छ।

अगष्ट १५ २०२२ मा खार्तूमबाट आदिस अबाबा जादै गरेको ‘इथियोपिया जहाजको उडान नम्बर इटी ३४३ ले एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क अस्थायी रूपमा टुटाएको हामीले एउटा रिपोर्ट पाएका छ। सञ्चार पुनर्स्थापित भएपछि उडान सुरक्षित रूपमा अवतरण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘थप अनुसन्धानका लागि सम्बन्धित टोलीलाई अपरेसनबाट हटाइएको छ। छानबिनको नतिजाको आधारमा उचित सुधारात्मक कारबाही गरिनेछ। सुरक्षा सधैं हाम्रो पहिलो प्राथमिकता हो र जारी रहनेछ।’

उड्डयन विश्लेषकहरुले यो घटना गम्भीर चिन्ताको विषय भएको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश