५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तरी अल्जेरियाको जंगलमा विनाशकारी डढेलो, २६ जनाको मृत्यु

४ भाद्र २०७९, शनिबार ०७:०८

भदौ ४, अल्जिअर्स |  एजेन्सी | उत्तरी अल्जेरियाको जंगलमा लागेको डढेलोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । डढेलोमा परेर ट्युनिसियाको सिमानामा पर्ने एल टार्फमा २४ जनाको मृत्यु भएको र सेतिफमा आमा र छोरीको मृत्यु भएको गृहमन्त्री कमेल बेल्डजाउडले बताए ।


हेलिकप्टरको सहयोगमा अग्निनियन्त्रकहरूले बुधबार साँझ पनि आगो निभाउने प्रयास गरिरहेका थिए । विभिन्न प्रान्तमा करिब ३५० जना बासिन्दालाई विस्थापित गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

डढेलोबाट एल टार्फ सबैभन्दा बढी प्रभावित भएको नागरिक सुरक्षा निकायले जनाएका छन् । उक्त स्थानमा १६ वटा ठाउँमा आगलागी भएको जनाइएको छ ।

सेतिफमा ज्यान गुमाएका ५८ वर्षीया आमा र उनकी ३६ वर्षीया छोरीको नाम भने खुलाइएको छैन । तर, त्यहाँका अधिकारीहरूले दर्जनौँ घर र गाउँमा आगो फैलिएको बताएका छन् ।

उत्तरी अल्जेरिया हरेक वर्ष जंगलमा लागेको डढेलोबाट प्रभावित भएको छ । गत १ लाख हेक्टर क्षेत्रमा फैलिएको डढेलोबाट ९० जनाको मृत्यु भएको अनुमान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता