पार्टीको भिडियो बाहिरिएपछि फिनल्याण्डकी प्रधानमन्त्रीले गरिन् ‘ड्रग टेस्ट’

Posted on: 20 Aug, 2022

भदौ ४, हेलसेन्की | एजेन्सी | फिनल्याण्डकी प्रधानमन्त्रीले फिनल्याण्डका पपस्टारसँग नेता नाचिरहेको नयाँ फुटेज बाहिरिएपछि आफूले ‘ड्रग टेस्ट’ गरेको बताएकी छन् ।

एउटा पार्टीको भिडियो सार्वजनिक भएपछि ३६ वर्षीया सान्ना मारिन यस हप्ता आलोचनामा परेकी थिइन् । भिडियोमा उनी पार्टीमा नाचेको देख्न सकिन्छ । 


भिडियो देखेपछि  केही राजनीतिज्ञहरूले उनलाई लागुऔषधको लागि परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए । 

शुक्रबार एक पत्रकार सम्मेलनमा मारिनले आफूले परीक्षण गरेको र त्यसको नतिजा अर्को साता आउने आशा व्यक्त गरिन । प्रधानमन्त्रीले आफूले कहिले पनि लागुऔषध सेवन गरेको नगरेको बताएकी छिन् ।

‘मैले गैरकानूनी केही गरेकी छैन्’, उनले हेलसिंकीमा पत्रकारहरूलाई भनिन् । ‘मेरो किशोरावस्थामा पनि मैले कुनै पनि प्रकारको औषधि प्रयोग गरिन’, मारिनले थपिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!