२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किनेर लगेको सुटकेसमा मानव अवशेष फेला पारेपछि…

२०७९, ४ भाद्र शनिबार ११:३२

एजेन्सी | न्यूजील्यान्डमा एउटा परिवारले लिलाममा किनेर घर लगेका सुटकेसमा मानव अवशेष फेला पारेपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ।

साउथ अकल्यान्डमा बस्ने उक्त परिवारले एउटा स्थानीय गोदामबाट किनेर लगेका सुटकेस घर पुगेर खोल्दा स्तब्ध भएको थियो।


हत्यासम्बन्धी अनुसन्धान थाल्दै प्रहरीले ती अवशेष कसका हुन् भन्ने खोजी सुरु गरेको छ।

उक्त परिवार सन्दिग्ध हत्यामा संलग्न नभएको ठानिएको छ।

गत बिहीवार उक्त परिवारले गोदामबाट एक गाडी सामान किनेर लगेको बुझिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त गोदाममा बेबारिसे अवस्थामा छोडिएका सामानहरूको लिलाम गरिएको थियो।

त्यस्तो लिलामीमा क्रेताहरूलाई पहिला नै सामान राम्ररी हेर्न दिइँदैन। मूल्यवान् वस्तु फेला पर्न सक्ने आशामा मानिसहरू त्यस्ता सामान किन्छन्।

स्थानीय गुप्तचर अधिकारीले घर ल्याएपछि मात्र सुटकेसमा मानव अवशेष भएको पत्ता लागेको बताएका छन्।

स्थानीय सञ्चारमाध्यम स्टफका अनुसार प्रहरी पुग्नुअघि उक्त घर भएको क्षेत्रबाट "दुर्गन्ध" फैलिएको थियो।

शवदाह गृहमा पहिला काम गरेका एक छिमेकीले उक्त गन्ध तत्काल चिन्न सकिएको थियो।

सोचेँ," आफ्नो छिमेकीको घरतर्फ सङ्केत गर्दै उनले भने।

अर्की छिमेकी महिलाका अनुसार गाडीबाट एउटा सुटकेस निकालेर उक्त घरबाहिर प्रहरीले टाँगेको पालमा लगिएको उनका छोराले देखेका थिए।

स्टफमा प्रकाशित भिडिओमा प्रहरीले छानबिन गर्दै गर्दा उक्त घरअगाडि अवस्थित सडकमा एउटा गाडी बिसाएको देखिन्छ। उक्त स्थान क्लेन्डन पार्कको बाह्य भागमा छ।

मृतक को हुन् त्यो पत्ता लगाउनु र त्यसरी अवशेष भेटिने परिस्थिति पत्ता लगाउनु आफ्नो प्राथमिकता भएको प्रहरीले जनाएको छ।

जसरी ती अवशेषहरू फेला परे त्यसको आधारमा मृतकका आफन्तलाई त्यसबारे सूचना दिन समय लाग्न सक्ने प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन