पेलोसीलाई ताइवानको भ्रमण नगर्न अनुरोध गरेका सीले

Posted on: 21 Aug, 2022

भदौ ५, बेइजिङ | एजेन्सी | चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनलाई गत महिनाको टेलिफोन वार्तामा अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवान भ्रमणबाट रोक्न आग्रह गरेको वासिंगटन पोस्टले जनाएको छ । तर सीको चासोलाई अमेरिकाले खन्डन गर्दै पेलोसीको भ्रमणअघि बेइजिङको ‘उत्तेजक’ कार्यहरू विरुद्ध चेतावनी दिइएको थियो । 


चीनको आग्रहको जबाफमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई अमेरिकी कंग्रेस सरकारको एक स्वतन्त्र शाखा भएकोले आफूले ‘बाध्य गर्न नसक्ने’ र पेलोसीले विदेश यात्राको बारेमा आफ्नो निर्णय आफै लिने उक्त पत्रिकाले जनाएको छ । 

बाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई अमेरिकी सदनका सभामुखको भ्रमण हुने हो भने ‘उत्तेजक र जबरजस्ती’ कार्यहरू नगर्न चेतावनी दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!