२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदालत बाेलाउन माग गर्दै मस्कले गरे ट्वीटरका सहसंस्थापकविरुद्ध उजुरी

२०७९, ७ भाद्र मंगलवार ०६:०४

भदौ ७, न्युयोर्क | एजेन्सी |  सामाजिक सञ्जाल ट्वीटरसँगको आफ्नो कानुनी लडाइको एउटा हिस्साका रूपमा विश्वकै धनाढ्य एलन मस्कले ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेलाई अदालतमा बोलाउन कानुनी कदम सुरु गरेका छन् । फर्जी अकाउन्टबारे कम्पनीले पर्याप्त सूचना नदिएको आरोप लगाउँदै मस्कले ट्वीटरसँगको ४४ अर्ब डलरको सम्झौता अन्त्य गर्न खोजिरहेका छन् । ट्वीटर किन्न दबाब दिने प्रयत्नसहित सामाजिक सञ्जालले मस्कविरुद्ध उजुरी गरेको छ । 

दुबै पक्षले अदालत बाहिर पहिले नै समाधान गर्ने निर्णय नगरेसम्म अक्टोबरमा अमेरिकाको डेलावेयरमा मुद्दाको सुनुवाइ हुनेछ । विश्वकै धनाढ्य मस्कलाई न्यायाधीशले प्रति सेयर ५४ दशमलब २० डलरको सहमत मूल्यमा टेकओभर पूरा गर्न आदेश दिने ट्वीटरको विश्वास छ । 

तर, मुद्दा तयारीको अंशको रूपमा मस्कका वकिलहरूले टेस्लाका मालिकको झगडा मिलाउन उनका साथी तथा ट्वीटरका पूर्वप्रमुख डोर्सीलाई बोलाएका छन् । गत जुलाईमा अर्बपति मस्कले ट्वीटर किन्ने सम्झौतबाट अलग हुने योजनामा रहेको बताएपछि कम्पनीले उनीविरुद्ध मुुद्दा दायर गरेको थियो । 

फर्जी विवरणबारे सूचना रोकेको मस्कले कम्पनीलाई आरोप लगाएका थिए तर, ट्वीटरले यसलाई क्रेताले दोष लुकाउन गरेको बहाना बताएको थियो ।  डोर्सी नोभेम्बरमो ट्वीटरको प्रमुख कार्यकारीबाट राजीनामा दिएका थिए र गत अप्रिलमा कम्पनी बेच्ने कबोल घोषणा गर्दा उनले मस्को समर्थनमा यसरी ट्वीट गरेका थिए, ‘ एलोन मलाई विश्वास गर्ने एकल समाधान हो। म उहाँको मिसनमा चेतनाको ज्योति फैलाउने विश्वास गर्छु । ’

गत महिना एक अमेरिकी न्यायाधीशले मस्कविरुद्धको ट्वीटरको मुद्दा अक्टोबरमा सुनुवाइ गर्नुपर्ने फैसला सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन