५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल

७ भाद्र २०७९, मंगलवार १२:०६

भदौ ७, काठमाडौँ | एजेन्सी | मंगलबार मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई त्यहाँको अदालतले भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय सुनाएको छ । मलेसियाको संघीय अदालतले रजाकलाई सम्पत्ति शुद्धीकरण, शक्तिको दुरुपयोग र भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय सुनाएको हो । 


६९ वर्षीय रजाकलाई मलेसियाको तल्लो अदालतले दोषी ठहर गरेको थियो । तर उनी धरौटीमै बाहिर थिए । साथै उनको पुनरावेदन पनि विचाराधीन थियो । उनीविरुद्ध वान एमडीबीअन्तर्गतको एसआरसी इन्टरनेसनलसँग अवैधानिक रूपमा १ करोड अमेरिकी डलर लिएको आरोपसमेत लागेको थियो ।

मंगलबार संघीय अदालतले त्यही मुद्दामा सुनुवाइ गरेको हो । अदालतले रजाकको पुनरावेदन खारेज गरेको हो । उनलाई १२ वर्ष जेल सजायका साथै ४ करोड ६० लाख अमेरिकी डलर जरिवानासमेत सुनाएको छ । प्रधानन्यायाधीश तेंग्कु माइमन तुआन म्याटले नजिबको पुनरावेदन सर्वसम्मतिले खारेज गरेको बताएकी थिइन् ।

अभियोजनकर्ताहरूले नजिब सहसंस्थापक रहेको वान एमडीबीबाट ४ अर्ब ५० करोड अमेरिकी डलर हिनामिना गरिएको बताएका थिए । त्यसमध्ये १ अर्ब अमेरिकी डलर नजिबको खातामा भेटिएको उनीहरूले प्रमाण पेस गरेका थिए ।

नजिबका वकिलले साउदी शाही परिवारबाट उक्त रकम प्राप्त भएको र राज्यकोष दुरुपयोग नगरेको जिकिर गरेका थिए । साथै उनीहरूले आर्थिक सल्लाहकारले झुक्याएको समेत बताएका थिए ।

नजिबकी पत्नी रोसमाह मान्सोरलाई समेत सम्पत्ति शुद्धीकरण र करछलीको आरोप लागेको छ । उनले भने आफू निर्दोष रहेको बताउँदै आएकी छिन् । उनको मुद्दामा उच्च अदालतले आगामी सेप्टेम्बर १ मा फैसला सुनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता