५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिजाब नलगाएको आरोपमा इरानी अभिनेत्री पक्राउ, १६ वर्ष जेल सजाय हुनसक्ने

९ भाद्र २०७९, बिहीबार ११:४९

भदौ ९, काठमाडौं | एजेन्सी | इरानी अभिनेत्री सेपदेश रोश्नो हिजाब नलगाएको आरोपमा पक्राउ परेकी छन्। गत साता स्थानीय ट्रेनमा हिजाब लगाएका केही महिलासँगको भिडिओ सार्वजनिक भएपछि रोश्नोलाई इरान प्रहरीले पक्राउ गरेको हो। 


इस्लामिक गणतन्त्र इरानमा सरकारले महिलालाई हिजाब लगाउन अनिवार्य गरेको छ । यहाँ यो आदेश नमान्ने महिलालाई पक्राउ गरी यातना दिइन्छ । २८ वर्षिय अभिनेत्री रोश्नोले हिजाब लगाउन अस्वीकार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिदेखि हिजाबको नियम लागू भएको हो। यहाँको कानूनअनुसार ९ वर्षभन्दा माथिका युवती र महिलाले सार्वजनिक रूपमा टाउको छोप्नु अनिवार्य छ।  राष्ट्रपति इब्राहिम राइसीले १५ अगस्टमा एउटा आदेशमा हस्ताक्षर गर्दै यसलाई ड्रेस कोडकै रूपमा कडाइका साथ लागू गरेका छन्। यो सँगै इरानमा हिजाब नलगाई महिलाहरू कार्यालय र बैंक जान वा मेट्रो सेवा प्रयोग गर्न पाउँदैनन्।

उनीमाथि हिजाबको नियम तोड्नुका साथै राष्ट्रिय सुरक्षामा गम्भीर खतरा निम्तयाएको आरोप लागेको छ। यो सँगै रोश्नोलाई १६ वर्षसम्म जेल सजाय हुनसक्नेछ। यो सँगै ३३ वटा ब्यूटीपार्लर बन्द गरिएको छ। हिजाब नलगाउने १७ सय महिलालाई पनि सोधपुछका लागि बोलाइएको छ। पेशाले इन्जिनियर भए पनि इरानका राष्ट्रपति रायसीलाई कट्टरपन्थी मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता