२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिजाब नलगाएको आरोपमा इरानी अभिनेत्री पक्राउ, १६ वर्ष जेल सजाय हुनसक्ने

२०७९, ९ भाद्र बिहीबार ११:४९

भदौ ९, काठमाडौं | एजेन्सी | इरानी अभिनेत्री सेपदेश रोश्नो हिजाब नलगाएको आरोपमा पक्राउ परेकी छन्। गत साता स्थानीय ट्रेनमा हिजाब लगाएका केही महिलासँगको भिडिओ सार्वजनिक भएपछि रोश्नोलाई इरान प्रहरीले पक्राउ गरेको हो। 


इस्लामिक गणतन्त्र इरानमा सरकारले महिलालाई हिजाब लगाउन अनिवार्य गरेको छ । यहाँ यो आदेश नमान्ने महिलालाई पक्राउ गरी यातना दिइन्छ । २८ वर्षिय अभिनेत्री रोश्नोले हिजाब लगाउन अस्वीकार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिदेखि हिजाबको नियम लागू भएको हो। यहाँको कानूनअनुसार ९ वर्षभन्दा माथिका युवती र महिलाले सार्वजनिक रूपमा टाउको छोप्नु अनिवार्य छ।  राष्ट्रपति इब्राहिम राइसीले १५ अगस्टमा एउटा आदेशमा हस्ताक्षर गर्दै यसलाई ड्रेस कोडकै रूपमा कडाइका साथ लागू गरेका छन्। यो सँगै इरानमा हिजाब नलगाई महिलाहरू कार्यालय र बैंक जान वा मेट्रो सेवा प्रयोग गर्न पाउँदैनन्।

उनीमाथि हिजाबको नियम तोड्नुका साथै राष्ट्रिय सुरक्षामा गम्भीर खतरा निम्तयाएको आरोप लागेको छ। यो सँगै रोश्नोलाई १६ वर्षसम्म जेल सजाय हुनसक्नेछ। यो सँगै ३३ वटा ब्यूटीपार्लर बन्द गरिएको छ। हिजाब नलगाउने १७ सय महिलालाई पनि सोधपुछका लागि बोलाइएको छ। पेशाले इन्जिनियर भए पनि इरानका राष्ट्रपति रायसीलाई कट्टरपन्थी मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन