५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै कम दक्षिण कोरियाको प्रजनन दर झन् घट्यो

१० भाद्र २०७९, शुक्रबार ०८:५१

भदौ १०, काठमाडौं | एजेन्सी | विश्वकै सबैभन्दा कम प्रजनन दरमा दक्षिण कोरियाको प्रजनन दर घटेपछि फेरि नयाँ कीर्तिमानी बनेको छ । बुधबार सार्वजनिक आधिकारिक तथ्याङ्कका अनुसार वर्षौंदेखिको घट्दो जन्मदरको प्रवृत्ति झनै घटेको हो ।

एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाहरूको औसत संख्यालाई सङ्केत गर्ने दक्षिण कोरियाको प्रजनन दर २०२१ मा ०.८१ मा झरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.०३ प्रतिशतले कम हो ।


यसलाई परिप्रेक्ष्यमा राख्नको लागि अन्य देशको हेर्ने हो भने सन् २०२१ मा संयुक्त राज्य अमेरिकाको प्रजनन दर १.६ रहेको छ । यस्तै, जापानको पनि निकै घटेर १.३ रहेको छ ।

संसारकै सबैभन्दा उच्च प्रजनन दर रहेका केही अफ्रिकी देशहरूमा प्रजनन दर ५ देखि ६ रहेको छ ।

स्थिर जनसंख्या कायम राख्न देशहरूलाई २.१ को प्रजनन दर चाहिन्छ । यसभन्दा बढीले जनसंख्या वृद्धिलाई संकेत गर्दछ।

दक्षिण कोरियाको जन्मदर २०१५ देखि घट्दै गइरहेको छ । २०२० मा देशले पहिलो पटक जन्म भन्दा बढी मृत्युको रेकर्ड गरेको थियो । जसको अर्थ त्यहाँका बासिन्दाहरूको संख्या घटेको छ । यसलाई ूजनसंख्या मृत्यु क्रसू भनिन्छ।

प्रजनन दर घट्दै जाँदा दक्षिण कोरियाली महिलाहरूले बढी उमेरपछि मात्रै बच्चा जन्माउन थालेका छन् । सन् २०२१ मा बच्चा जन्माउने महिलाको औसत उमेर ३३.४ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.२ वर्ष बढी रहेको सरकारी तथ्याङ्क निकायले जनाएको छ।

यसैबीच दक्षिण कोरियाको जनसंख्या वृद्ध हुँदै गएको छ । यसले जनसांख्यिकीय गिरावटलाई सङ्केत गर्छ । काम गर्ने उमेरका धेरै कम मानिसहरूले यसको बढ्दो वृद्ध जनसंख्यालाई समर्थन गर्न नसक्ने अवस्था आउन सक्ने चिन्ता विज्ञहरुले गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता