५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिकोबाट अमेरिका गइरहेको विमानमा आगो लागेपछि…. (भिडियो)

१० भाद्र २०७९, शुक्रबार ११:५४

एजेन्सी | मेक्सिकोको ग्वादालाहाराबाट अमेरिकाको लस एन्जलस गइरहेको भिभा एयरोबस विमानको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । 

मंगलवार राति १० बजे टेकअफ गरेको केही मिनेटमै यात्रुहरूले ड्वांग आवाज सुनेका थिए । त्यसपछि उनीहरूले झिल्का आएको र दाहिने इन्जिनबाट आगोको लप्का झरेको देखे । आत्तिएका यात्रुहरूले विमान कर्मचारीलाई आगोको बारेमा बताएपछि पाइलटहरूले तत्कालै विमानलाई विमानस्थलमा उतारेका थिए । 

घटनाको भिडियो फूटेजमा रातिको समयमा विमानको इन्जिनबाट आगोका ठूला लप्का निस्केको देखिन्छ । 

घटनामा १८६ यात्रु र विमान कर्मचारी कसैलाई पनि चोटपटक लागेको छैन । तर आगो देखेपछि विमानभित्रका यात्रु रुने, चिच्याउने र प्रार्थना गर्ने गरेका थिए । 

भिभा एयरोबस कम मूल्यमा यात्रा गराउने र हरित विमान भएको दाबी गर्छ । मंगलवार उडेको एक घन्टामा विमान ग्वादालाहारा विमानस्थलमा फर्किएको थियो । त्यहाँबाट लस एन्जलस विमानस्थल पुग्न २ घन्टा ४० मिनेट लाग्छ । 

बुधवार बिहान उक्त एयरलाइन्सले यात्रुहरूलाई लस एन्जलसका लागि अतिरिक्त उडानको व्यवस्था गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता