५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करिब ४ हजार किलो बम विष्फोट गराएर ढालिँदै छ भारतको ‘ट्वीन टावर’

१२ भाद्र २०७९, आईतवार ०८:००

भदौ १२, काठमाडौं | एजेन्सी | भारतकाे नयाँ दिल्लीमा नजिकै रहेको बहुचर्चित गगनचुम्बी भवन 'ट्वीन टावर' लाई आइतबार दिउँसो बम विष्फोट गराएर भत्काइने भएकाे छ ।

समाचार एजेन्सी एएनआईका अनुसार निजी कम्पनी सुपरटेकले आचारसंहित विपरित गगनचुम्बी टावर बनाएको भन्दै भारतको सर्वोच्च अदालतले यी टावर ढाल्न आदेश दिएकाले सरकारले आइतबार दिउँसो साढे २ बजे टावर भत्काउने तयारी गरेको हो । एपेक्स र सियान नाम गरेका ४०–४० तले यी भवन बिग ब्लास्टबाट १० सेकेण्डभित्र भत्काइने भएकाे छ ।


टावर भत्काउन भवनहरुभित्र ३ हजार ७ सय किलो विष्फोटक पदार्थ जडान गरिएको छ । टावर ढाल्ने कामका लागि तीन देशका इञ्जिनियरहरु खटिएका छन् । साढे ७ लाख बर्गफिटको क्षेत्रफल ओगटेका यी टावरभित्र ९ सय वटा फ्याट रहेका छन् । टावर भत्काउनका लागि आइतबार नोएडाको सेक्टर ९३ क्षेत्रका ७ हजार स्थानीयलाई अन्यत्र सारिएको छ । साथै निजी घरहरु खाली गराइएको छ ।

त्यस क्षेत्रमा जाने सवारी साधनहरुलाई बिहान सात बजेदेखि रोकिएको छ । दिउँसोका लागि वायु सेना र विमानस्थललाई पनि पूर्वसतर्कता अपनाउन भनिएको छ । ३ अर्बको लगानीमा साढे ३ वर्ष लगाएर निर्माण गरिएका साेही टावर भत्काउन २० करोड खर्च हुने छ ।

भत्काउन लाग्ने उक्त खर्च पनि निर्माण कम्पनीबाटै असुल्न पनि सर्वोच्च अदालतले आदेश दिएको छ । यी टावरको अहिलेको बजार भाउ १० अर्ब भारु पुगेको छ । ११–११ तलाका १६ वटा टावर बनाउने अनुमति लिएको कम्पनीले नक्सा पास बिना नै ४० तले टावर बनाएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता