२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलमा भेटियो १२ सय पुरानो महल, बनावट देखेर वैज्ञानिक चकित

२०७९, १३ भाद्र सोमबार ०९:१५

भदौ १३, काठमाडौं | पुरातत्वविदले इजरायलको मरुभूमियुक्त दक्षिणी इलाकामा १२ सय पुरानो एक भव्य सम्पत्तिबारे पत्ता लगाएको छ जो नेगेव इलाकाको धनी व्यक्तिको जीवनको एक अनौठो झलकलाई पेश गर्छ । यसको बनावट देखेर पनि पुरातत्वविद अचम्मित छन् ।


इजरायलको पुरावशेष प्राधिकरण (एन्टीकिटिज अथोरिटी) ले हालै दिएको जानकारी अनुसार राहतको बेडोइन शहरमा गरिएको यो खोज आठौँ वा नवौँ शताब्दीको सुरुवाती इस्लामिक कालको हो ।

पुरातत्वविदका अनुसार यो विलासी घर एउटा आँगनको चारैतिर बनाइएको थियो र यसमा बस्नका लागि चारैतिर थुप्रै कोठासमेत बनाइएका थिए ।


एउटा निकै ठूलो स्थानको भुइँमा ढुङ्गा बिछ्याइएका थिए र त्यसैले भित्ताहरु पनि सजाइएका थिए । साथै हलको भुइँमा मार्बल राखिएको थियो । पुरातत्वविद्ले त्यहाँबाट विभिन्न खालका माटोका भाँडाहरु र खाना पस्कनका लागि निकै सुन्दर काँचका भाँडा पनि भेटे ।


प्राङ्गणको मुनी पुरातत्वविद्ले ढुङ्गाले बनेको भूमिगत बेसमेन्ट देखेर चकित परे । यी बेसमेन्टको प्रयोग मरुभूमिको प्रचण्ड घामबाट बच्न र चिसो तापक्रममा वस्तुलाई सुरक्षित राख्नका लागि गरिन्थ्यो भन्ने गरिन्छ ।

यो बेसमेन्टलाई निकै सावधानीपूर्वक र बलियो गरी बनाइएको थियो । यो बेसमेन्टको एउटा बाटो एउटा कुवातर्फ पनि जान्छ जहाँ मानिसले चिसो पानी पाउँथे होलान् ।


विशेषज्ञका अनुसार यो हवेलीका मालिक निकै समृद्ध थिए होलान् र आलिशान जीवनयापन गर्दथे होलान् । यहाँबाट जति पनि अवशेष पाइएका छन् यसबाट के प्रमाणित हुन्छ भने यो घर कुनै धनाढ्य व्यक्तिको थियो जोसँग धेरै कुरा थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन