पुरस्कार जितेको साढे ५३ करोड लिएर प्रेमिका फरार भएपछि...

Posted on: 31 Aug, 2022

भदौ १५, काठमाडौँ | धोका जहिले पनि जसलाई पनि हुन सक्छ। जब आफ्नै भन्ने मानिसले धोका दिन्छ तब ठूलाे आघात पुग्छ। 

बेलायतमा यस्तै घटना भएको छ। एक जोडीले पुरस्कारमा ३६ लाख पाउण्ड (करिब ५३ करोड ५१ लाख नेपाली रुपैयाँ) जितेका थिए।

Postmortem of love! Girlfriend lost 34 crore rupees in sports, became  destitute in one blow

पुरस्कार जित्नुभन्दा पहिला नै उनीहरुले एकसाथ व्यवसाय सुरु गर्ने र एकअर्कालाई साथ दिने वाचा गरेका थिए। यद्यपि पुरस्कार जितेपछि भने सोचेको जस्ता भएन। पुरस्कार जितेपछि आफूलाई प्रेमिकाले धोका दिएको र पुरस्कारको सबै पैसा लिएर भागेको आरोप प्रेमीले लगाएका छन्।

द सनले उल्लेख गरेअनुसार ३९ वर्षीय किर्क स्टीभन्स आफ्नी ४० वर्षीय प्रेमिका लौरा हायलसँग बेलायतको नटिंघममा बस्दै आएका थिए। गत वर्षको मार्चमा उनीहरुले नेशनल लोटरीमा उक्त रकम जितेका थिए। ‘सेट फर लाइफ ड्र’ अन्तर्गतको उक्त योजनाअनुसार ३० वर्षसम्म उनीहरुले मासिक करिब १४ लाख ८६ हजार रुपैयाँ पाउने थिए। तर पैसा पाउनुभन्दा पहिला नै स्टिभन्सले धोका पाए। 

Girlfriend dumped lover and took all the money grabbed 34 crore rs tstf

उनीहरुले बैंक एकाउन्टमा लौराकै एकाउन्ट राखेका थिए, त्यसैले सबै पैसा उनको खातामा आएको थियो। स्टीभिन्सले लौरा हायलले जितेको सबै पैसा लिएको र आफूसँग अलग भएको आरोप लगाएका छन्। सुरुमा उनीहरुबीच जितेको रकम आधा आधा बाँड्ने सहमति भए पनि सोअनुसार काम भने हुन सकेन। 

स्टीभिन्सका अनुसार उनीहरु एकसाथ बस्दै आएका थिए। लौराले घर पनि भाडामा लिएकी थिइनन्। उनीहरुले प्रत्येक साता करिब ३ हजार ७ सय रुपैयाँ लोटरीमा हाल्ने सहमति गरेका थिए।

जहिले लोटरी जितिन्छ, त्यसको आधा आधा रकम बाँड्ने सहमति उनीहरुको बीचमा थियो। त्यसपछि एकसाथ जीवन जिउने उनीहरको वाचा थियो। तर, पुरस्कार जितेको केही महिनामै उनी स्टीभिन्ससँग अलग भइन्। 

समाचारमा उल्लेख गरिएअनुसार उनीहरले टिकट पनि लौराकै नामबाट किनेका थिए। त्यसैले पैसामा पूर्ण अधिकार लौरा हायलको रहन गयो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!