२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किशोरीले कुरा गर्न छोडेको भन्दै हानियो गोली, अभियुक्त पक्राउ

२०७९, १६ भाद्र बिहीबार ०९:५२

भदौ १६, काठमाडौँ | दिल्लीको संगम विहार क्षेत्रमा एक किशोरीलाई गोली हानेर हत्या गरेको घटना सार्वजनिक भएको छ । प्रहरीले यस घटनाका मुख्य अभियुक्त अमानत अलीलाई बिहिबार पक्राउ गरेको छ । डीसीपी बेनिता मारी जेकरले अगस्ट २५ मा अभियुक्त अमानत अलीले १६ वर्षीया किशोरीलाई सडकमा गोली हानेको जानकारी दिइन् ।


गोली किशोरीको काँधमा लागेको थियो र उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यस घटनामा तीनजना केटा संलग्न थिए, जसमध्ये दुईजना गत हप्ता पक्राउ परेका थिए । डीसीपीले भनिन्, ‘आरोपीले ती किशोरी विगत दुई वर्षदेखि सामाजिक सञ्जालमा आफूसँग सम्पर्कमा रहेको बताएको थियो तर विगत चार–पाँच महिनादेखि किशोरीले आरोपितसँग कुरा गर्न छाडेकी थिइन् ।’

डीसीपी बेनिताले भनिन्, ‘किशोरीले तीनमध्ये एकजना अमानत अलीलाई चिन्दथिन् तर उनले हालै अलीसँग कुरा गर्न छोडेकी थिइन् । यो मामिलामा अन्य दुई अभियुक्त बबी र पवन हुन् ।’ ‘दुबै आरोपी यूपीको मुजफ्फरनगरमा भागेका थिए तर अगस्त २६ मा पक्राउ परेका थिए । अमानत अलीले आफ्नो काकाबाट हतियार पाएका थिए र उनले किशोरीलाई मार्न चाहन्थे ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ