२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हत्या प्रयासबाट जोगिइन् अर्जेन्टिनाकी उपराष्ट्रपति

२०७९, १७ भाद्र शुक्रबार ०५:३४

भदौ १७, काठमाडौँ | अर्जेन्टिनाकी उपराष्ट्रपति हत्याको प्रयासबाट बालबाल बचेकी छन् । आक्रमणकारीले उनलाई लक्षित गरेर बन्दुक तेर्साएपनि उक्त बन्दुक ‘जाम’ भएकोले उनी बच्न सफल भएकी हुन् ।

क्रिस्टिना फर्नान्डेज डे क्रिच्नरले आफ्नो घरबाहिर समर्थकहरूलाई भेटघाट गर्ने क्रममा एक व्यक्तिले उनको अनुहारमा बन्दुक तेर्साएका थिए । राष्ट्रपति अल्बर्टो फर्नान्डेजका अनुसार उक्त बन्दुकमा पाँचवटा गोली लोड गरिएको भए पनि त्यो पड्किन पाएन ।


हाल भ्रष्टाचारको मुद्दा खेपिरहेकी क्रिच्नर अदालतबाट फर्किएकी थिइन् । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेकी छन् ।

प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएको छ । उनी ३५ वर्षीय ब्राजिलियन नागरिक भएको प्रहरीले जानकारी दिएको छ । उनले आक्रमण गर्नुको कारणबारे सोधपुछ भइरहेको प्रहरीको भनाइ छ । बीबीसी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन