२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गल्तीले एक महिलाको खातामा ७० लाख अमेरिकी डलर पुगेपछि…

२०७९, १९ भाद्र आईतवार ०५:५६

एजेन्सी | थेवामानोगरी मनीवेलको ब्याङ्क खातामा जब गल्तीले ७० लाख अमेरिकी डलर जम्मा भयो त्यसबेला उनलाई आफू संसारकै भाग्यमानी महिला रहेको अनुभूति भयो।

तर अहिले उनी र उनका केही साथीहरूले अप्ठेरो परिस्थितिको सामना गरिरहेका छन्। अस्ट्रेलियाको एउटा अदालतले उनीहरूलाई रकम फिर्ता गर्न आदेश दिएको छ।

साथै उक्त रकमको ब्याज र कानुनी कारबाहीका क्रममा लागेको खर्च पनि अर्को पक्षलाई तिर्न भनेको छ।

सन् २०२१ मा क्रिप्टो डटकमले मनीवेलको खातामा अस्ट्रेलियाली डलरमा कारोबार गरेपछि यो विवाद सुरु भएको थियो।


त्यसबेला दक्षिणपूर्वी अस्ट्रेलियाको मेलबर्न सहरमा बस्ने मनीवेलको खातामा जम्मा १०० डलर भुक्तानी हुनुपर्ने थियो। तर उनको खातामा लगभग ७० लाख अमेरिकी डलर जम्मा भयो।

अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार मानवीय गल्तीले त्यस्तो भएको थियो।

पैसा पठाउँदा रकम राख्नुपर्ने ठाउँमा मनीवेलको खाता नम्बर राखिदिँदा उक्त समस्या उत्पन्न भएको विवरणमा जनाइएको छ।

गल्तीको अनुभूति

मनीवेल क्षणभरमै करोडपति बनिन्। र उनीसँग उक्त रकमलाई व्यवस्थापन गर्न समयको कुनै अभाव थिएन।

त्यसपछिका केही महिना उनले आफ्नो खातामा आएको रकमको ठूलो हिस्सा आफ्ना साथीहरूको संयुक्त खातामा पठाइन्।

ती साथीले करिब तीन लाख डलर आफ्नी छोरीको खातामा पठाइन।

उनले मेलबर्नको उत्तरमा एउटा घर समेत खरिद गरिन्। मलेशियामा रहेकी आफ्नी बहिनीको नाममा मनीवेलले घर किनेकी थिइन्।

चार कोठा, चार बाथरुम, सिनेमा हल, जिम र दुइटा ग्यारेज भएको उक्त भवनको क्षेत्रफल ५०० वर्गमिटर थियो र त्यो साढे १३ लाख डलरमा किनिएको थियो।

क्रिप्टोकरेन्सी कम्पनीलाई आफ्नो यो गल्ती थाहा पाउन कैयौँ महिना समय लाग्यो।

अस्ट्रेलियाको भिक्टोरिया प्रान्तस्थित सर्वोच्च अदालतका न्यायाधीश जेम्स एलियटले अघिल्लो शुक्रवार भने, "यस्तो लाग्छ कि निवेदकलाई आफ्नो यत्रो ठूलो गल्ती थाहा पाउन नै सात महिना समय लाग्यो।"

अदालतको फैसला

अदालतले निवेदकको पक्षमा फैसला सुनाउँदै पूरै रकम मात्र नभएर त्यसको ब्याज र कानुनी खर्च समेत फिर्ता गर्न आदेश दिएको छ।

अदालतले मनिवेलको बहिनीको नाममा किनिएको घर बिक्री गर्नुपर्ने निर्णय सुनाउँदै गल्तीले आएको रकमबाट उक्त सम्पत्ति खरिद् गरिएको साबित भएको उल्लेख गरेको छ।

क्रिप्टोकरेन्सी कम्पनीले यो वर्षको फेब्रुअरी महिनामा कानुनी कारबाही सुरु गरेको थियो। त्यसक्रममा मनीवेलसँग जोडिएका खाता रोक्का गर्न उक्त कम्पनी सफल भएको थियो।

तर ती खाता रोकिँदासम्म अधिकांश रकम अन्य खातामा ट्रान्सफर भइसकेका थिए।

मनीवेलको सम्पत्ति फ्रिज भएको दुई हप्तापछि उनकी बहिनी नयाँ घरको मालिक बनेकी थिइन्।

उक्त कम्पनीले उनको पनि खाता फ्रिज गर्न माग गरेको थियो। तर अहिले अदालतले उनको घर पनि बेच्न आदेश दिएको छ।

साभार-बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन