५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीडीपीमा बेलायतलाई उछिन्दै पाँचौँ नम्बरमा उक्लियो भारत

१९ भाद्र २०७९, आईतवार ०८:२७

भदौ १९, काठमाडौँ | कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीको आधारमा भारतले बेलायतलाई पनि उछिनेको छ । ब्लूमबर्गले निकालेको पछिल्लो तथ्याङ्कअनुसार बेलायतलाई उछिन्दै भारत पाँचौँ स्थानमा उक्लिएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तथ्याङ्कलाई आधार मानेर ब्लूमबर्गले सार्वजनिक गरेको विवरणअनुसार भारतको अर्थव्यवस्था आठ खर्ब ५४ अर्ब ७० करोड डलरको र बेलायतको अर्थव्यवस्था आठ खर्ब १६ अर्ब डलरको रहेको बीबीसी हिन्दीले जनाएको छ ।

जीडीपीको आधारमा अमेरिका पहिलो, चीन दोस्रो, जापान तेस्रो र जर्मनी तेस्रो आर्थिक शक्ति हुन् । कोरोना महामारी तथा रुस–युक्रेन युद्धको असरले युरोपेली देशको अर्थव्यवस्थालाई नकरात्मक असर गरेको छ । तर यो बेला पनि भारतको अर्थव्यवस्था सुधारिएको भारतमा शेयर बजार कारोबारसम्बन्धी अध्ययन गर्ने संस्था केडिया क्यापिटल्सका रिसर्च प्रमुख अजय केडियालाई उद्धृत गर्दै ‘द इन्डिया एक्सप्रेस’ ले जनाएको छ ।

जीडीपीमा भारत बलियो देखिए पनि प्रतिव्यक्ति आयमा भने बेलायतभन्दा धेरै पछाडि रहेको छ । बेलायती नागरिकको प्रतिव्यक्ति आय ४७ हजार डलरभन्दा धेरै छ भने भारतमा भने प्रतिव्यक्ति आय दुई हजार डलरमात्र छ । एक अर्ब ३८ करोड जनसङ्ख्या भएको भारत र ६ करोड ७२ लाख जनसङ्ख्या भएको बेलायतको जीडीपी उस्तै–उस्तै हुनु भारत निकै कमजोर छ भन्ने बुझ्नुपर्ने आर्थिक विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता