४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनकी प्रथम महिला भन्छिन् : बेलायत सिक्का गनिरहँदा हामी लाश गनिरहेका छौं

१९ भाद्र २०७९, आईतवार ०८:४६

भदौ १९, काठमाडौँ | युक्रेनकी प्रथम महिला तथा राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कीले बेलायतलाई कडा जवाफ दिएकी छिन्। उनीहरूले पैसा (सिक्का) गनिरहँदा युक्रेनले लाशहरूको संख्या गणना गरिरहेका बताएकी छन्।

एक अन्तर्वार्तामा, उनले रुस-युक्रेन युद्धले आफ्ना सहयोगीहरूलाई पार्ने प्रभावको बारेमा जवाफ दिएकी हुन्।


युक्रेनको राजधानी किभमा भएको उक्त अन्तर्वार्तामा ओलेना जेलेन्स्कीलाई यस्तो प्रश्न गरिएको थियो: बेलायतमा बढ्दो उर्जा मूल्यले जनतासँग कम विकल्प भएको र त्यसले कठिनाइ थपिरहेको छ । तपाई त्यहाँबाट हामीलाई हेरिरहेका मानिसलाई के भन्न चाहनुहुन्छ जो युक्रेनी जनताको दुख देखेर दुःखी पनि भइरहेका छन् र आफ्नो बिल तिर्न नसकेर चिन्तित पनि छन्?

सो प्रश्नको जवाफमा ओलेना जेलेन्स्कीले भनिन्, 'म बुझ्छु कि परिस्थिति धेरै गाह्रो छ। तर कोभिड–१९ महामारीका बेला मुद्रास्फीति बढ्दै गएकोले युक्रेन पनि प्रभावित भएको थियो । युक्रेनमा मूल्य अझै बढिरहेको छ र यहाँ  मानिसहरू पनि मरिरहेका छन्। जब तपाइँहरु बैंक खाता वा खल्तीमा भएको पैसा गन्न सुरु गर्नुहुन्छ, हामी पनि गणना सुरु गर्छौं तर हामी लाशको संख्या गन्छौं।'

उनले भने, ‘केही दिनअघि खार्किभको पार्कमा हिंड्ने क्रममा एक महिलाको मृत्यु भयो । धेरै मानिस घाइते भए। यदि सहयोग बलियो भयो भने यो अवस्था छोटो समयमै बद्लिन्छ।'

ओलेना जेलेन्स्कीले युद्धले गर्दा भएको जनधनको क्षतिलाई बाहिर प्रकाशमा ल्याउनु महत्त्पूर्ण हुने कुरामा जोड दिइन्। 

यसअघि युक्रेन भ्रमणमा गएका प्रधानमन्त्री बोरिस जोनसनले युरोपमा रहेका परिवारहरूले जीवनयापनको क्रममा आइपर्ने आर्थिक संकट व्यहोर्नुपर्ने र रुसी आक्रमणविरुद्ध युक्रेनको साथमा उभिनुपर्ने बताएका थिए ।

यस वर्ष बेलायतमा मुद्रास्फीति विगत ४२ वर्षमा सबैभन्दा उच्च १३.३ प्रतिशत हुने अनुमान गरिएको छ । बैंक अफ इङ्गल्याण्डले बढ्दो ऊर्जा मूल्य मुद्रास्फीति र सुस्त वृद्धिको मुख्य कारण भएको जनाएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता