२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनकी प्रथम महिला भन्छिन् : बेलायत सिक्का गनिरहँदा हामी लाश गनिरहेका छौं

२०७९, १९ भाद्र आईतवार ०८:४६

भदौ १९, काठमाडौँ | युक्रेनकी प्रथम महिला तथा राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कीले बेलायतलाई कडा जवाफ दिएकी छिन्। उनीहरूले पैसा (सिक्का) गनिरहँदा युक्रेनले लाशहरूको संख्या गणना गरिरहेका बताएकी छन्।

एक अन्तर्वार्तामा, उनले रुस-युक्रेन युद्धले आफ्ना सहयोगीहरूलाई पार्ने प्रभावको बारेमा जवाफ दिएकी हुन्।


युक्रेनको राजधानी किभमा भएको उक्त अन्तर्वार्तामा ओलेना जेलेन्स्कीलाई यस्तो प्रश्न गरिएको थियो: बेलायतमा बढ्दो उर्जा मूल्यले जनतासँग कम विकल्प भएको र त्यसले कठिनाइ थपिरहेको छ । तपाई त्यहाँबाट हामीलाई हेरिरहेका मानिसलाई के भन्न चाहनुहुन्छ जो युक्रेनी जनताको दुख देखेर दुःखी पनि भइरहेका छन् र आफ्नो बिल तिर्न नसकेर चिन्तित पनि छन्?

सो प्रश्नको जवाफमा ओलेना जेलेन्स्कीले भनिन्, 'म बुझ्छु कि परिस्थिति धेरै गाह्रो छ। तर कोभिड–१९ महामारीका बेला मुद्रास्फीति बढ्दै गएकोले युक्रेन पनि प्रभावित भएको थियो । युक्रेनमा मूल्य अझै बढिरहेको छ र यहाँ  मानिसहरू पनि मरिरहेका छन्। जब तपाइँहरु बैंक खाता वा खल्तीमा भएको पैसा गन्न सुरु गर्नुहुन्छ, हामी पनि गणना सुरु गर्छौं तर हामी लाशको संख्या गन्छौं।'

उनले भने, ‘केही दिनअघि खार्किभको पार्कमा हिंड्ने क्रममा एक महिलाको मृत्यु भयो । धेरै मानिस घाइते भए। यदि सहयोग बलियो भयो भने यो अवस्था छोटो समयमै बद्लिन्छ।'

ओलेना जेलेन्स्कीले युद्धले गर्दा भएको जनधनको क्षतिलाई बाहिर प्रकाशमा ल्याउनु महत्त्पूर्ण हुने कुरामा जोड दिइन्। 

यसअघि युक्रेन भ्रमणमा गएका प्रधानमन्त्री बोरिस जोनसनले युरोपमा रहेका परिवारहरूले जीवनयापनको क्रममा आइपर्ने आर्थिक संकट व्यहोर्नुपर्ने र रुसी आक्रमणविरुद्ध युक्रेनको साथमा उभिनुपर्ने बताएका थिए ।

यस वर्ष बेलायतमा मुद्रास्फीति विगत ४२ वर्षमा सबैभन्दा उच्च १३.३ प्रतिशत हुने अनुमान गरिएको छ । बैंक अफ इङ्गल्याण्डले बढ्दो ऊर्जा मूल्य मुद्रास्फीति र सुस्त वृद्धिको मुख्य कारण भएको जनाएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी