प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुख पाण्डेबीच २५ मिनेट कुराकानी

Posted on: 06 Sep, 2022

भदौ २०, काठमाडौँ | नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

आज अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन्। सेनाका प्रमुख जनरल पाण्डे र प्रधानमन्त्री देउवाबीच करिब २५ मिनेट भेटवार्ता भएको हो।


पाँच दिने भ्रमणका क्रममा उनले आजै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यतालिका रहेको छ। यसका साथै उनी साँझ करिब ६ बजे पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम रहेको छ।

यसअघि हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पाण्डेलाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।

सेनाध्यक्ष पाण्डे नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा औपचारिक भ्रमणका लागि काठमाडौँ आएका हुन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!