अमेरिकामा दुई विमान आकाशमा झण्डै ठोकिएपछि... (भिडियो)

Posted on: 07 Sep, 2022

भदौ २२, काठमाडौँ | अमेरिकाको ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा दुईवटा विमान झण्डै ठोकिएको दृश्य भिडियोमा कैद भएको छ । 

बोइङ ७५७ यात्रुवाहक विमान सेस्ना विमानसँग आकाशमै लगभग ठोकिएको हो । 

सानो विमानका चालकले तत्काल दिमाग लगाएर विमानलाई घुमाएर दुर्घटनाबाट जोगाए । यसरी उनी सयौं मानिसको ज्यान जोगाउन सफल भए । 

यात्रुले भरिएको बोइङ ७५७ विमान फ्लोरिडा विमानस्थलबाट अगस्ट १७ मा उडेर सेस्ना विमानको एकदमै नजिक पुगेको थियो । 

सेस्नाका पाइलट मलिक क्लार्कले आफ्नो विमानसँग ठूलो जेट विमान ठोकिन आएको देखिहाले र फनक्क अर्को दिशामा घुमाए । 

सेस्नाभित्रबाट खिचिएको भिडियोमा मलिकले जेट विमानभन्दा माथि आफ्नो विमान धैर्यका साथ उडाएको अनि आकाशमा ठोकिनबाट जोगाएको देखिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!