५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपका लागि कतारमा यो वर्षको अन्तिमसम्म मदिरा प्रतिबन्ध हटाइने

२४ भाद्र २०७९, शुक्रबार ०७:४९

भदौ २४, काठमाडौँ | एजेन्सी | कतारमा यो वर्षको अन्तिमसम्म विश्वकपका लागि मदिरा प्रतिबन्ध हटाइने भएको छ । तर, विश्वकपमा अन्य देशबाट आउने समर्थकहरुले आफ्नो देशबाट मदिरा भित्र्याउन भने पाउने छैनन् । कतारको सुरक्षा र सुरक्षा अपरेसन समितिका प्रमुख कर्नल जासिम अब्दुलराहिम अल सैयदले समर्थकहरुले कतारमा मदिरा भित्र्याउन नदिने र त्यस्तो पाएमा कारवाही हुने बताए ।


‘विमानस्थल र सुटकेसहरू मार्फत मदिरा ल्याउन अनुमति दिइने छैन । तर, कतारका सबै ठाउँहरुमा मदिरा बेचिनेछ,’ सैयदले दोहामा पत्रकार सम्मेलनमा भने । स्टेडियमहरू र वरपर तोकिएको क्षेत्रमा मदिरा उपलब्ध हुनेछ, तर समर्थकहरुले आफैं ल्याउन सक्दैनन् । विश्वकपको समयमा होटल, स्टेडियम र फ्यान जोन भित्र रक्सी खरिद गर्न पाइने छ ।

‘रंगशाला र तोकिएको क्षेत्रहरु तथा स्टेडियममा मदिराको बारेमा गलत धारणा छ । कतारमा पनि अन्य विश्वकप जस्तै सामान्य हुनेछ,’ कतार विश्वकपका प्रमुख कार्यकारी नासेर अल खाटरले भने । उनले धेरै सरल रुपमा जहिले पनि कतारमा रक्सीको बिक्री र यसलाई निश्चित क्षेत्रहरूमा उपलब्ध गराउने बताए ।

कतारमा हुने विश्वकप नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने छ । जसमा ३२ देशहरु प्रतिस्पर्धा गर्नेछ । रोयटर्सका अनुसार कतार विश्वकपमा १ दशमलव २ मिलियन दर्शकहरुले विश्वकप अवलोकन गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता