२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपका लागि कतारमा यो वर्षको अन्तिमसम्म मदिरा प्रतिबन्ध हटाइने

२०७९, २४ भाद्र शुक्रबार ०७:४९

भदौ २४, काठमाडौँ | एजेन्सी | कतारमा यो वर्षको अन्तिमसम्म विश्वकपका लागि मदिरा प्रतिबन्ध हटाइने भएको छ । तर, विश्वकपमा अन्य देशबाट आउने समर्थकहरुले आफ्नो देशबाट मदिरा भित्र्याउन भने पाउने छैनन् । कतारको सुरक्षा र सुरक्षा अपरेसन समितिका प्रमुख कर्नल जासिम अब्दुलराहिम अल सैयदले समर्थकहरुले कतारमा मदिरा भित्र्याउन नदिने र त्यस्तो पाएमा कारवाही हुने बताए ।


‘विमानस्थल र सुटकेसहरू मार्फत मदिरा ल्याउन अनुमति दिइने छैन । तर, कतारका सबै ठाउँहरुमा मदिरा बेचिनेछ,’ सैयदले दोहामा पत्रकार सम्मेलनमा भने । स्टेडियमहरू र वरपर तोकिएको क्षेत्रमा मदिरा उपलब्ध हुनेछ, तर समर्थकहरुले आफैं ल्याउन सक्दैनन् । विश्वकपको समयमा होटल, स्टेडियम र फ्यान जोन भित्र रक्सी खरिद गर्न पाइने छ ।

‘रंगशाला र तोकिएको क्षेत्रहरु तथा स्टेडियममा मदिराको बारेमा गलत धारणा छ । कतारमा पनि अन्य विश्वकप जस्तै सामान्य हुनेछ,’ कतार विश्वकपका प्रमुख कार्यकारी नासेर अल खाटरले भने । उनले धेरै सरल रुपमा जहिले पनि कतारमा रक्सीको बिक्री र यसलाई निश्चित क्षेत्रहरूमा उपलब्ध गराउने बताए ।

कतारमा हुने विश्वकप नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने छ । जसमा ३२ देशहरु प्रतिस्पर्धा गर्नेछ । रोयटर्सका अनुसार कतार विश्वकपमा १ दशमलव २ मिलियन दर्शकहरुले विश्वकप अवलोकन गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन