दुर्भाग्यबाट बच्न ढुङ्गामा कुँदिएको पुरुष प्रजनन अंगको विशाल आकृति फेला

Posted on: 09 Sep, 2022

एजेन्सी | प्राचिन रोममा पुरुष प्रजनन अंगका ठूल्ठूला आकृति बनाइन्थे । उद्देश्य थियो दुर्भाग्य र नकारात्मक शक्तिबाट बच्ने  । हालै स्पेनमा एउटा यस्तो कलाकृति भेटियो जुन अहिलेसम्म भेटिएका यस्तो कलाकृतिमध्ये सबैभन्दा ठूलो हो । यसको लम्बाई १८ इन्च छ । यो कलाकृति स्पेनको कोरडोबा जिल्लाको जुएवा कार्तेया इलाकास्थित एल–हिगेरन नामको स्थानमा भेटिएको हो ।


हिस्टोरिकल म्युजियम अफ नुएवा कार्तेयाले यसबारे १९ अगस्टमा एउटा फेसबुक पोस्ट पनि हालेका थिए । एल–हिगेरन नामको ठाउँको इतिहास ईसापूर्व चौथो शताब्दिको हो । यो वास्तवमा एउटा इबेरियन आवासीय इलाका थियो । जसलाई पछि रोमन साम्राज्यका शासकले जितेका थिए । यो कुरा २०६ इसा पूर्वको हुनसक्ने अनुमान गरिएको  छ ।

अनुसन्धानकर्ताका अनुसार पुरुष प्रजनन अंगको यो कलाकृति एउटा ठूलो ढुङ्गामा बनाइएको हो । जुन कुनै अग्लो टावरको आधार हो । प्राचिन रोमन संस्कृतिमा पुरुष प्रजनन अंगलाई फेली वा फ्यालस भनिन्थ्यो । यसलाई निकै इज्जत दिइन्थ्यो । यसलाई दुर्भाग्य भगाउने संकेत मानिन्थ्यो ।


पुरुष प्रजनन अंगको यति ठूलो आकृति भेटिएपछि अनुसन्धानकर्तामा बहस निम्तिएको छ किनभने यो आकार औसतभन्दा असाध्यै धेरै छ । स्पेनको युनिभर्सिटी अफ एक्सट्रेमादुराका आर्कियोलोजिस्ट आन्द्रे रोल्दान डियाजले भने, ‘यो आकृति आशा गरेभन्दा ठूलो छ । अरु ठाउँमा पनि यति ठूलो आकार भएको कुनै कलाकृति भेटिएको छ त भनेर हामी अनुसन्धान गरिरहेका छौँ । यसले त्यतिबेलाको मानसिकताबारे पत्ता लाग्नेछ ।’

आन्द्रेले दिएको जानकारी अनुसार यो हालसम्म भेटिएको सबै पुरुष प्रजनन अंगमध्ये सबैभन्दा ठूलो कलाकृति हो । युकेस्थित द ओपन युनिभर्सिटीका डक्टोरल उम्मेद्वार एडम पार्करका अनुसार पुरुष प्रजनन अंगको आकृतिलाई प्राचीन रोमन साम्राज्यमा भवनका बाहिर झ्याल, ढोका र अम्बामा कुँद््ने गरिन्थ्यो । किनभने रोमनलाई यो लाग्थ्यो कि यदि यी आकृति बनाइएनन् भने भवन परालौकिक शक्तिको हमलाको शिकार हुनसक्छन् । साधारणतया यी सार्वजनिक स्थानमा बनाइन्थे, जहाँ धेरै मानिसहरुको जमघट हुने गर्दथ्यो ।

रोमन साम्राज्यमा कतिपटक मानिसहरु आफ्नो शक्ति बढाउनका लागि फ्यालसको पेन्डेन्ट बनाएर पनि लगाउने गर्दथे । इंगल्याण्डस्थित एक मेटल डिटेक्टोरिस्टले चाँदीले बनाएको पेनिस पेन्डेन्ट भेटेका थिए जसलाई थुप्रै धनाढ्यले लगााउने गरेको अनुमान गरिन्छ । यद्यपि, हालसम्म यस्ता खालका कति आकृति भेटिएका छन् भन्ने जानकारी छैन । तर एक अन्दाजका अनुसार इंगल्याण्डमा ९२ पुरुष प्रजनन अंगका कलाकृति भेटिइसकेका छन् ।

यी भवनमा मात्रै होइन, कतिपटक ढुङ्गामासमेत कुँदिने गरिन्थ्यो । कतिपय अवस्थामा जनावरको हड्डीबाट पनि यस्ता आकृति बनाइन्थे जसमा प्वाँखसमेत राखिन्थ्यो । यसको कुनै फाइदा थिएन । केही महिना अघि यूकेको हेड्रियन्स वालमा एक रोमन ग्राफिटी भेटिएको थियो जुन एक पुरुष प्रजनन अंगको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!