२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्भाग्यबाट बच्न ढुङ्गामा कुँदिएको पुरुष प्रजनन अंगको विशाल आकृति फेला

२०७९, २४ भाद्र शुक्रबार १०:४४

एजेन्सी | प्राचिन रोममा पुरुष प्रजनन अंगका ठूल्ठूला आकृति बनाइन्थे । उद्देश्य थियो दुर्भाग्य र नकारात्मक शक्तिबाट बच्ने  । हालै स्पेनमा एउटा यस्तो कलाकृति भेटियो जुन अहिलेसम्म भेटिएका यस्तो कलाकृतिमध्ये सबैभन्दा ठूलो हो । यसको लम्बाई १८ इन्च छ । यो कलाकृति स्पेनको कोरडोबा जिल्लाको जुएवा कार्तेया इलाकास्थित एल–हिगेरन नामको स्थानमा भेटिएको हो ।


हिस्टोरिकल म्युजियम अफ नुएवा कार्तेयाले यसबारे १९ अगस्टमा एउटा फेसबुक पोस्ट पनि हालेका थिए । एल–हिगेरन नामको ठाउँको इतिहास ईसापूर्व चौथो शताब्दिको हो । यो वास्तवमा एउटा इबेरियन आवासीय इलाका थियो । जसलाई पछि रोमन साम्राज्यका शासकले जितेका थिए । यो कुरा २०६ इसा पूर्वको हुनसक्ने अनुमान गरिएको  छ ।

अनुसन्धानकर्ताका अनुसार पुरुष प्रजनन अंगको यो कलाकृति एउटा ठूलो ढुङ्गामा बनाइएको हो । जुन कुनै अग्लो टावरको आधार हो । प्राचिन रोमन संस्कृतिमा पुरुष प्रजनन अंगलाई फेली वा फ्यालस भनिन्थ्यो । यसलाई निकै इज्जत दिइन्थ्यो । यसलाई दुर्भाग्य भगाउने संकेत मानिन्थ्यो ।


पुरुष प्रजनन अंगको यति ठूलो आकृति भेटिएपछि अनुसन्धानकर्तामा बहस निम्तिएको छ किनभने यो आकार औसतभन्दा असाध्यै धेरै छ । स्पेनको युनिभर्सिटी अफ एक्सट्रेमादुराका आर्कियोलोजिस्ट आन्द्रे रोल्दान डियाजले भने, ‘यो आकृति आशा गरेभन्दा ठूलो छ । अरु ठाउँमा पनि यति ठूलो आकार भएको कुनै कलाकृति भेटिएको छ त भनेर हामी अनुसन्धान गरिरहेका छौँ । यसले त्यतिबेलाको मानसिकताबारे पत्ता लाग्नेछ ।’

आन्द्रेले दिएको जानकारी अनुसार यो हालसम्म भेटिएको सबै पुरुष प्रजनन अंगमध्ये सबैभन्दा ठूलो कलाकृति हो । युकेस्थित द ओपन युनिभर्सिटीका डक्टोरल उम्मेद्वार एडम पार्करका अनुसार पुरुष प्रजनन अंगको आकृतिलाई प्राचीन रोमन साम्राज्यमा भवनका बाहिर झ्याल, ढोका र अम्बामा कुँद््ने गरिन्थ्यो । किनभने रोमनलाई यो लाग्थ्यो कि यदि यी आकृति बनाइएनन् भने भवन परालौकिक शक्तिको हमलाको शिकार हुनसक्छन् । साधारणतया यी सार्वजनिक स्थानमा बनाइन्थे, जहाँ धेरै मानिसहरुको जमघट हुने गर्दथ्यो ।

रोमन साम्राज्यमा कतिपटक मानिसहरु आफ्नो शक्ति बढाउनका लागि फ्यालसको पेन्डेन्ट बनाएर पनि लगाउने गर्दथे । इंगल्याण्डस्थित एक मेटल डिटेक्टोरिस्टले चाँदीले बनाएको पेनिस पेन्डेन्ट भेटेका थिए जसलाई थुप्रै धनाढ्यले लगााउने गरेको अनुमान गरिन्छ । यद्यपि, हालसम्म यस्ता खालका कति आकृति भेटिएका छन् भन्ने जानकारी छैन । तर एक अन्दाजका अनुसार इंगल्याण्डमा ९२ पुरुष प्रजनन अंगका कलाकृति भेटिइसकेका छन् ।

यी भवनमा मात्रै होइन, कतिपटक ढुङ्गामासमेत कुँदिने गरिन्थ्यो । कतिपय अवस्थामा जनावरको हड्डीबाट पनि यस्ता आकृति बनाइन्थे जसमा प्वाँखसमेत राखिन्थ्यो । यसको कुनै फाइदा थिएन । केही महिना अघि यूकेको हेड्रियन्स वालमा एक रोमन ग्राफिटी भेटिएको थियो जुन एक पुरुष प्रजनन अंगको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन