गणेश मूर्ति विसर्जन गर्ने क्रममा डुबेर ७ जनाको मृत्यु

Posted on: 10 Sep, 2022

भदौ २५, हरियाणा | भारतको हरियाणामा गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोनीपतमा तीन जना र महेन्द्रगढमा चार जनाको डुबेर मृत्यु भएको छ ।

भदौ १४ गतेदेखि सुरु भएको १० दिन लामो गणेश चतुर्थी पर्व शुक्रबार विसर्जन समारोहका साथ समापन भएको छ । गणेशका मूर्तिहरूलाई नजिकैको जलस्रोतमा लगेर विसर्जन गरिन्छ । भक्तजनहरूले मूर्तिहरू विसर्जनका लागि ठूलो लस्कर निकाल्छन् ।

महेन्द्रगढमा कनिना-रेवारी सडकखण्डस्थित झगडोली गाउँ नजिकैको नहरमा गणेशमूर्ति विसर्जन गर्न गएका करिब ९ जना पानीको तीव्र बहावमा बगेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!