मेरिल्याण्डमा गोली प्रहारबाट ५ जनाको मृत्यु

Posted on: 10 Sep, 2022

भदौ २५, एजेन्सी | संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा  शुक्रबार ५ जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरुमा दुई वयस्क र तीन बालबालिका छन् । सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए। सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानहरूमा फेला पारेका थिए।

यो हाम्रो काउन्टी र हाम्रो समुदायको लागि दुःखद र भयानक दिन हो,’ सेसिल काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारहरूलाई  बताएका छन् । घटनाबारे सक्रिय रूपमा अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!