युक्रेन युद्ध : पछि हट्दै रुसी सेना

Posted on: 11 Sep, 2022

भदौ २६, काठमाडौँ । युक्रेनले प्रति आक्रमण तीव्र पारेसँगै रुसी सेनाहरू प्रमुख पूर्वी शहरहरूबाट पछि हटेका विवरण सार्वजनिक भएका छन् । युक्रेनी अधिकारीहरूले शनिबार रूसी सेनाका लागि महत्वपूर्ण पूर्वी आपूर्ति केन्द्र कुपियान्स्कमा प्रवेश गरेको बताएका छन् । 


रुसी रक्षा मन्त्रालयले आफ्ना सेनालाई ‘पुनः संगठित’ गर्न नजिकैको इज्युमबाट पछि हटेको जनाएको छ । दोनेत्स्क मोर्चामा ‘प्रयासलाई बलियो बनाउन’ तेस्रो प्रमुख सहर बालाक्लियाबाट सेना फिर्ता गरेको मन्त्रालयले पुष्टि गरेको छ ।

रसियाले अप्रिलमा किभ वरपरका क्षेत्रबाट पछि हटेपछि युक्रेनी सेनाले गरेको सबैभन्दा महत्वपूर्ण  प्रगति हो । यसैबीच, आफ्नो नियमित रात्रीकालीन सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले २ हजार वर्गकिलोमिटर क्षेत्रफल मुक्त गरेको दाबी गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!