२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खार्किभका विद्युतीय संरचनामा रुसको आक्रमण, पूरै क्षेत्र अन्धकारमय

२०७९, २७ भाद्र सोमबार ०६:१९

भदौ २७, काठमाडौँ | खाकिर्भका विद्युतीय संरचनाहरूमा रुसले आतंकवादी आक्रमण गरेको आरोप युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले लगाएका छन् ।  

उक्त शहरभन्दा पूर्वतिरको हजारौं वर्गमाइल भूभाग आफूहरूको नियन्त्रणमा आएको युक्रेनी सैनिकहरूले दाबी गरेको केही घन्टापछि संरचनामा आक्रमणको खबर आएको हो । युक्रेनले खार्किभमा गरेको प्रत्याक्रमण कारवाहीपछि रुसी सैनिकहरू त्यहाँबाट पलायन भएका छन् । 


आइतवार टेलिग्राममा एउटा सन्देश दिँदै जेलेन्स्कीले बताए, ‘युक्रेन र सभ्य संसारले यी आतंकवादी गतिविधिलाई स्पष्ट रूपमा देखेका छन् ।’ रुसले खार्किभका स्थानीयहरूलाई ग्यास, प्रकाश र खाद्यान्नबाट वञ्चित गराउन खोजेको उनले आरोप लगाए । 

यस युद्धमा युक्रेन हावी हुने उनले बताए । उनले रुसी नेतृत्वलाई प्रश्न समेत गरे, ‘हामीलाई तर्साउन सकिन्छ भनी तिमीहरू अझै पनि सोच्छौ ?’

रुसले पूर्वी युक्रेनमा ११ वटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायुसेनाले आइतवार ट्वीटमार्फत जानकारी दियो । त्यस आक्रमणका कारण खार्किभ र डोनेत्स्क क्षेत्र पूरै अन्धकारमय भएको छ । जापोरिझझिया, नीप्रोपेट्रोव्स्क र सुमी क्षेत्रमा विद्युत् आपूर्ति आंशिक मात्र छ । 

खार्किभको सीएचपीपी विद्युत् केन्द्र आक्रमणको निशानामा परेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकले बताएका छन् । तर कतिपय क्षेत्रमा विद्युत् आपूर्ति पछि सुचारु भएको युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन