२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनलाई भेटेर नेपाल आउँदैछन् ली

२०७९, २७ भाद्र सोमबार ०९:४९

भदौ २७, काठमाडौँ | यतिबेला नेपालमा प्रधानमन्त्री छन् शेरबहादुर देउवा । उनी प्रधानमन्त्री भएपछि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित भयो । अमेरिकी अधिकारीहरुको नेपालमा बाक्लो आवतजावत नै भयो । अमेरिकी उच्च अधिकारीहरु नेपाल आएर तिब्बती शरणार्थी शिविर समेत पुगे । यसबारे चीनले चासो व्यक्त गर्यो । देउवा प्रधानमन्त्री हुँदा अमेरिकी अधिकारीहरुको बाक्लो आवतजावत चलिरहँदा जम्बो टोलीसहित चीनका उच्च अधिकारी ली चान्सु नेपाल आउँदैछन् ।

ली चीनका तेस्रो वरियताका नेता तथा नेपालका सभामुख बराबरको हैसियतका हुन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र हुन् । नेपाल आउनुअघि लीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए । रुसमा ली गत बुधबारबाट शनिबारसम्म बसे । पुटिनसँगको भेटमा ताइवानको विषयमा समेत रुसको साथ खोज्न कुराकानी भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

अमेरिका र रुसबीच तिक्ततापूर्ण सम्बन्ध छ । अमेरिकालगायत पश्चिमा देशहरुले युक्रेनलाई साथ दिइरहेका छन् । चीन तटस्थ भूमिकामा छ । नेपालमा भने विगतमा चीनको प्रभाव रहेकोमा देउवा प्रधानमन्त्री भएपछि अमेरिकी प्रभाव बढेको विश्लेषण भइरहेको छ । यस्तो बेलामा पुटिनलाई भेटेर मँगोलियाको मार्ग हुँदै ली जम्बो टोलीसहित नेपाल आउँदैछन् । उनको साथमा ६ मन्त्रीस्तरीय अधिकारी समेत रहनु अर्थपूर्ण छ ।

लीले कम्युनिस्ट नेताहरु केपी शर्मा ओली र प्रचण्डसँग मंगलबार विहान छुट्टाछुट्टै भेट्ने तय भएको छ । भेट पहिलो ओली अनि लगत्तै प्रचण्डसँग हुनेछ । दुवै नेतालाई सँगै राखेर उनले भेट्ने हुन् या होइनन् स्पष्ट छैन । तर, यसलाई चासोका साथ हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन