५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनलाई भेटेर नेपाल आउँदैछन् ली

२७ भाद्र २०७९, सोमबार ०९:४९

भदौ २७, काठमाडौँ | यतिबेला नेपालमा प्रधानमन्त्री छन् शेरबहादुर देउवा । उनी प्रधानमन्त्री भएपछि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित भयो । अमेरिकी अधिकारीहरुको नेपालमा बाक्लो आवतजावत नै भयो । अमेरिकी उच्च अधिकारीहरु नेपाल आएर तिब्बती शरणार्थी शिविर समेत पुगे । यसबारे चीनले चासो व्यक्त गर्यो । देउवा प्रधानमन्त्री हुँदा अमेरिकी अधिकारीहरुको बाक्लो आवतजावत चलिरहँदा जम्बो टोलीसहित चीनका उच्च अधिकारी ली चान्सु नेपाल आउँदैछन् ।

ली चीनका तेस्रो वरियताका नेता तथा नेपालका सभामुख बराबरको हैसियतका हुन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र हुन् । नेपाल आउनुअघि लीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए । रुसमा ली गत बुधबारबाट शनिबारसम्म बसे । पुटिनसँगको भेटमा ताइवानको विषयमा समेत रुसको साथ खोज्न कुराकानी भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

अमेरिका र रुसबीच तिक्ततापूर्ण सम्बन्ध छ । अमेरिकालगायत पश्चिमा देशहरुले युक्रेनलाई साथ दिइरहेका छन् । चीन तटस्थ भूमिकामा छ । नेपालमा भने विगतमा चीनको प्रभाव रहेकोमा देउवा प्रधानमन्त्री भएपछि अमेरिकी प्रभाव बढेको विश्लेषण भइरहेको छ । यस्तो बेलामा पुटिनलाई भेटेर मँगोलियाको मार्ग हुँदै ली जम्बो टोलीसहित नेपाल आउँदैछन् । उनको साथमा ६ मन्त्रीस्तरीय अधिकारी समेत रहनु अर्थपूर्ण छ ।

लीले कम्युनिस्ट नेताहरु केपी शर्मा ओली र प्रचण्डसँग मंगलबार विहान छुट्टाछुट्टै भेट्ने तय भएको छ । भेट पहिलो ओली अनि लगत्तै प्रचण्डसँग हुनेछ । दुवै नेतालाई सँगै राखेर उनले भेट्ने हुन् या होइनन् स्पष्ट छैन । तर, यसलाई चासोका साथ हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता