दुबईमा बन्दैछ चन्द्रमा स्वरुपको रिसोर्ट

Posted on: 13 Sep, 2022

भदौ २८, काठमाडौँ | दूर आकाशमा चम्किलो चन्द्रमा हेरेर पुलकित नहुने को होला ? चन्द्रमाको सौन्दर्यको बखानमा धेरै बाल तथा प्रेम साहित्यहरु प्नि लेखिएका छन् । त्यही सुन्दर चन्द्रमालाई युएईले अब भुईंमा झार्दैछ । अर्थात् युएईले झण्डै साढे ६ खर्ब रुपैयाँ बराबरको रकम खर्चिएर चन्द्रमाजस्तै रिसोर्ट तयार गर्दैछ ।

युएई सरकारले दुबईमा बनाउन लागेको चन्द्रमा स्वरुपको रिसोर्टको नाम Dubai Moon राखिएको छ ।

They're deadass building a moon in Dubai -- and you can stay in it

उसै त युएई संसारकै अग्लो भवन बुर्ज खलिफादेखि अन्य विभिन्न गगनचुम्बी भवनहरुका लागि परिचित छ । अब मुलुकका ती सुन्दर भवनहरुमा एक अर्को नाम दुबई मून पनि थपिँदैछ ।

यो रिसोर्ट नितान्त आकासमा चम्किरहेको चन्द्रमा जस्तै बनाइनेछ र यस्तो प्रतित हुनेछ कि साँच्चिकै चन्द्रमा भुईंमा ओर्लिएको छ ।

अरेबियन बिजनेस रिपोर्टका अनुसार उक्त चन्द्रमाजस्तो रिसोर्ट बनाउन करीब ५ अर्ब डलर खर्च हुनेछ ।

मून वर्ल्ड रिसोर्ट्स् कम्पनीले उक्त परियोजना तयार गर्नेछ । कम्पनीका सहसस्थापक सेन्ड्रा जी म्याथ्यूज र माइकल आर हेन्डरसन हुन् । उनीहरुका अनुसार यो रिसोर्टले पर्यटनलाई बढावा दिनुको साथै र युएईको अर्थव्यवस्थालाई नै प्रभावित गर्नेछ ।

यो रिसोर्टको निर्माण कार्य ४८ महिनामा पूरा हुने बताइएको छ ।– एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!